आयो साथी झल्याँस्स आज सँगै बसेको याद आयो !
के के सोच्दै सोच्दै तिमीले चिप्लो घसेको याद आयो !
***
विर्सन खोजें पटक पटक नबोकौं भारी यादको भनी !
रहेछ वाँकि मनको कुनामा चक्कु धसेको याद आयो !
***
ढोका थुनेर झ्याल थुनेर सिरक ओढेर सुत्दा पनि !
कुन बाटो हुँदै हुँदै तिमी भित्रै पसेको याद आयो !
***
संसारलाई उकास्छु र खरावीसँग जोगिन्छु भन्थें !
थाहै नपाई पग्लिदै गल्दै आफैं फसेको याद आयो !
***
यो छात्तीभरि चोटै चोट देखेर झस्कें के रैछ भनी !
संझिएँ बल्ल धेरै पछि तिमीले डसेको याद आयो
*****
– बलराम तिमल्सिना
२०७५|०४|२१
ढल्को
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline