अपहरणमा परेका निशान खड्का मृत फेला, प्रहरीको इन्काउन्टरमा दुई जना अपहरणकारी मारिए

अपहरणमा परेका निशान खड्का मृत फेला, प्रहरीको इन्काउन्टरमा दुई जना अपहरणकारी मारिए

  • सोमवार, साउन २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाण्डौ, २१ साउन ।

भक्तपुरबाट अपहरणमा परेका बालक निशान खड्का मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका प्रमुख धिरज प्रताप सिंहले बालकको शव आज ठिमीमा भेटिएको बताउनु भएको छ । निशान हिजो साँझ आफ्नै डेरावाट अपहरणमा परेका थिए ।

हिजो साँझ काठमाण्डौको काँडाघारीबाट अपहरणमा परेका बालकको उद्दारका लागि काठमांडांै र भक्तपुर प्रहरीले ठिमीक्षेत्रमा व्यापक सर्च अपरेशन सुरु गरेको थियो ।

त्यसक्रममा प्रहरीको इन्काउन्टरमा दुई जना अपहरणकारी मारिएको प्रहरीले जनाएको छ ।

अपहरणकारी अजय तामाङ र गोपाल तामाङको प्रहरीको गोली लागी मृत्यु भएको महानगरीय कार्यालय रानीपोखरीका डिआइजी मनोज न्यौपानेले बताउनु भएको छ ।
अपहरणकारीको लोकेशन ठिमीक्षेत्रमा रहेको जानकारी पाएलगत्तै दुबै जिल्लाका प्रहरीले ‘सर्च अपरेशन’ सुरु गरेको थियो । अपहरणकारीले खड्कालाई अपहरण गरी करोडौं रकम फिरौती मागेको प्ररम्भिक अनुसन्धानबाट खुलेका छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ