लिस्नु कपको उपाधि भिडन्त

लिस्नु कपको उपाधि भिडन्त

  • सोमवार, साउन २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

बुटवल, साउन २१ ।
बुटवलको कोटिहवामा जारी १८ औं लिस्नु कप नकआउट फुटबलको उपाधि भिडन्त आज हुँदै छ ।

क्लबस्तरमा जिल्लाकै सर्वा्धिक पुरस्कार राशीको प्रतियोगिताको उपाधिका लागि आज डीवाईसी सियारी– १ र नवयुवा खेलकुद तथा सांस्कृतिक परिवार ठुटीपिपल रुपन्देही आमनेसामने हुँदैछन् ।

पशुपति माविको मैदानमा अपरान्ह् साढे ३ बजे शुरु हुने खेलमा दुवै टोली उपाधि कब्जा गर्ने लक्ष्यमा हुनेछ । दुवै टिम सेमिफाइनल खेलेका खेलाडीलाई नै मैदानमा उतार्ने तयारीमा छन् ।

प्रतियोगिताको विजेताले तीन लाख नगद हात पार्नेछ भने उपविजेताले एक लाख ५० हजार नगद पुरस्कार हात पार्नछ । यस्तै सेमिफाइनलमा पुग्ने दुई टिमले २५ हजारका दरले नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ