नारायणगढ–मुग्लिन सडक एकतर्फी खुल्यो, फिस्लिङको पहिरो पन्छाउन कठिन

नारायणगढ–मुग्लिन सडक एकतर्फी खुल्यो, फिस्लिङको पहिरो पन्छाउन कठिन

  • सोमवार, साउन २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

चितवन, साउन २१ ।

निरन्तरको वर्षापछि खसेको पहिरोले अवरुद्ध नारायणगढ मुग्लिन सडक एकतर्फी खुलेको छ । सडक खण्डको जलवीरे र घुमाउनेमा खसेको पन्छाएपछि सडक एकतर्फी सञ्चालनमा आएको हो ।

अवरुद्ध सडक एकतर्फी सञ्चालनमा आएसँगै रोकिएका सवारीहरु आलोपालो गरेर पार गराइएको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक वेदप्रसाद गौतमले जानकारी दिनुभयो ।

यी दुवै ठाउँमा चार दिनयता पहिरो खस्दा सवारी आवागमन प्रभावित हुँदै आएको छ ।

घुमाउने र जलबिरेमा केही दिनयता लगातार पहिरो खसिरहेको छ ।

नारायणगढ मुग्लिन सडकलाई एसियाली मापदण्ड अनुरूपको दुई लेनको फराकिलो सडक बनाउन ठाउँ–ठाउँमा पहाड काटिएको छ ।

पहाड काटेको ठाउँमा पानी परेपछि पहिरो खसेर सडक नै अवरुद्ध हुने गरेको छ ।

राजधानी र पर्यटकीय सहर पोखरालाई देशको पुर्व र पश्चिम भागसँग जोड्ने मुख्य सडक नै अवरुद्ध हुँदा दैनिक रुपमा १० हजार भन्दा बढी सवारी र सयौं यात्रु समस्यामा पर्ने गरेका छन् ।

उता पृथ्वी राजमार्गको मुग्लिन नौबिसे सडकखण्डअन्तर्गतको फिस्लिङमा आज बिहान पौने ७ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

पानी परिरहेकाले पहिरो पन्छाउन कठिन भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ