जुम्ला, २१ साउन ।
नयाँ शक्ति पार्टीका जुम्ला जिल्ला संयोजक राधाकृष्ण बुढथापाको शव मृत अवस्थामा भेटिएको छ ।
चन्दननाथ नगरपालिका २ निवासी ४३ बर्षिय बुढाथापाको शव सोहि नगरपालीकाको वडा नम्बर ५ जुगाडखोला नजिकै भेटिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
घटना कसैले घटाएको आंशकामा प्रहरीले दुई जनालाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक बुढथापाको शव अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।
प्रहरीको मुचुल्का पछि शवलाई पोष्टमार्टम गरिने बताईएको छ । घटनाको बारेमा विस्तुत जानकारी नआई सकेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline