काठमाडौं, २१ साउन । सुनको विषयलाई लिएर महानगरीए प्रहरी परिसर,टेकु र महानगरीए प्रहरी बृत महाराजगंका प्रहरीबीच हिजो राती झगडा हुदाँ महाराजगं प्रहरी बृतमा कार्यरत प्रहरी हवल्दार लक्ष्मण गौतम,पर्शु तामाङ् तथा प्र.ज राजू मल्ल थुनामा परेका छन ।तर यो समाचारको पुष्टी भने भै सकेको छैन । सिन्धुपाल्चोकका एक व्यापारीले ८ किलो सुन र हतियार लुकाएर राखेको सूचना यादव भन्ने ब्यक्तिले प्रहरीलाई दिए ।
उनले प्रहरी परिसर टेकु र महाराजगंजका प्रहरीलाई पनि खवर गरे ! सुन पक्रन महाराजगंजको प्रहरी टोली हतार हतार गयो सुन छ भनिएको स्थान धुम्वराहीमा दुबै प्रहरीको जम्का भेट भयो । सुन फेला परेन त्यस पछि प्रहरी प्रहरीबीच भनाभन भयो ।
अन्तत महाराजगजकबाट सुन पक्रन गएका दूई हवल्दार र एक प्रहरी जवान (सिभिल) प्रहरीलाई हिरासतमा राखीएको वताईएको छ । तर महानगरीय प्रहरी बृत महाराजगंजका प्रमुख डिएसपी भेषराज रीजालले एउटै सूचना दुई ठाउँमा जाँदा र दुबै ठाउका प्रहरी सादा पोषकमा हुँदा सामान्य समस्या आएको बताउदै सूचना दिनेले सून नभएर सामान मात्र भएको सूचना दिएकोे वताउदै प्रहरीलाई नियन्त्रणमा लीएको आफुलाई जानकारी नभएको बताए ।