काठमाण्डौको महाराजगंजस्थित अमेरिकी दुतावास अगाडि दुर्घटना, दुईजनाको मृत्यु

काठमाण्डौको महाराजगंजस्थित अमेरिकी दुतावास अगाडि दुर्घटना, दुईजनाको मृत्यु

  • सोमवार, साउन २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.8K
    SHARES

काठमाडौं, साउन २१ ।
काठमाडौंको महाराजगंजस्थित अमेरिकी दूतावास अगाडि सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

सडकमा रोकिराखेको ट्रिपरको पछाडी भ्यान ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा भ्यानमा सवार काठमाडौं भंगाल बस्ने खोटाङ, बोपुङ गाँउपालिका–७ का ३३ बर्षीय राम बहादुर थापा र सिन्धुपाल्चोकको जुगलका ३० बर्षीय पशुपति सिलवाल छन् ।

आज बिहान पौने २ बजे चक्रपथबाट लाजिम्पाटतर्फ आउँदै गरेको बा १९ च ६५१५ नम्बरको पानीको जार ढुवानी गर्ने भ्यान सडक किनारामा रोकी राखेको बा४ख ९८५४ नम्बरको ट्रिपरमा ठोक्किएको थियो ।

दुर्घटनामा गम्भिर घाइते भएका ३ जनालाई तत्कालै उपचारको लागि शिक्षण अस्पताल महराजगञ्ज पठाइएकोमा थापा र सिलवालको मृत्यु भएको हो । गम्भीर घाइते भएका भ्यान चालक सिन्धुपालचोकका २२ बर्षीय सुरेश पराजुलीको भने सोही अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

भ्यान चालक पराजुलीले मदिरा पिएर भ्यान चलाएको स्थानीय प्रहरीले जनाएको छ । दुवै सवारी साधन र ट्रिपरका चालकलाई महाराजगंज वृत्तले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ