सशस्त्र प्रहरीमा फेरि डीआईजीको सरुवा हुँदै, को कहाँ ? 

सशस्त्र प्रहरीमा फेरि डीआईजीको सरुवा हुँदै, को कहाँ ? 

  • सोमवार, साउन २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

काठमाडौं ।

सशस्त्र प्रहरी मुख्यालयले संगठनको नयाँ सांगठनिक पुनर्संरचनाअनुसार बाहिनीपतिको सरुवाको तयारी गरेको छ । पाँच ओटा बाहिनी रहेको सशस्त्र प्रहरी बलमा आठ ओटा पुगेसँगै बाहिनीपति थप्न लागिएको हो ।

स्रोतका अनुसार, साविकको पोखरा बाहिनीमा रहेका डीआईजी चीरञ्जीवी अधिकारीलाई ५ नम्बर बाहिनीको बाहिनीपतिका रुपमा सरुवा गरिने भएको छ । ५ नम्बर बाहिनीको कार्यालय बुटवलमा स्थापना गरिने छ । सशस्त्रको यो नयाँ बाहिनी हो ।

यसैगरी, अर्काे नयाँ बाहिनी ३ नम्बर बाहिनीपतिमा एसएसपी रामप्रकाश श्रेष्ठलाई पठाइने छ । ३ नम्बर बाहिनीको कार्यालय हेटौंडामा स्थापना हुँदैछ । एसएसपी श्रेष्ठ डीआईजीको बढुवा सूचीमा २ नम्बरमा छन् । हाललाई भने ३ नम्बर बाहिनी भण्डारा चितवनमा बस्ने छ ।

यसैगरी पोखरास्थित प्रदेश ४ को बाहिनीपतिमा डीआईजी प्रविण श्रेष्ठलाई सरुवा गरिने भएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षकमा शैलेन्द्र खनाल नियुक्त भएसँगै नयाँ सांगठिनक पुनर्संरचना कार्यान्वयनमा ल्याइएको हो । खनाल आईजीपी भएपछि सशस्त्र प्रहरी बलमा सरुवा, बढुवाको काम पनि धमाधम भइरहेको छ । विगतमा सरुवा बढुवा जस्ता नियमित काममा अल्झन आउने गरेकोमा यो पटकदेखि धमाधम काम भइरहेको छ । साथै सशस्त्र कर्मचारीहरुको वृत्तिविकासमा पनि संगठन प्रमुख खनालले विशेष चासो दिँदै आएका छन् ।राजधानिबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ