ललितपुर । नेपाल कम्युनिस्ट पार्टी ललितपुरले भ्रामक समाचारप्रति विश्वास नगर्न जनसमुदाय र सम्बन्धित सबैलाई आग्रह गरेको छ । पार्टीले लिएको सही पहलकदमीप्रति बढ्दो जनसमर्थनकाे लहरबाट अत्तालिएका षडयन्त्रकारीहरुले पार्टीलाई कमजोर बनाउने गलत उद्देश्यले तथ्यहीन समाचार बाहिर ल्याएको जनाउँदै अाज एक प्रेस विज्ञप्ति जारी गरेर ध्यानाकर्षण भएको जनाइएको छ ।
नेकपा ललितपुरका सचिव (सेक्रेटरी) विपिन शर्मासँग जोडेर केही अनलाइन समाचार संस्थाहरुले केही दिनदेखि निरन्तर भ्रामक समाचार प्रकाशित गरिरहेको जनाउँदै उक्त समाचार झुठा र जनताको पक्षमा अधिकारको संघर्षमा खटिएका नेता कार्यकर्तालाई बद्नाम गराउने नियतबाट प्रेरित रहेको जनाइएको छ ।
सो समाचार गलत भएको कुरा नेकपा ललितपुरको गम्भीर ध्यानाकर्षण भएको कुरा सेक्रेटरी शर्माद्वारा आइतबार जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । प्रकाशित समाचार कुत्सित स्वार्थ पूरा गर्ने उद्देश्यबाट लेखिएको भन्दै संस्थालाई खण्डन समाचार प्रकाशित गर्न समेत भनिएको छ । जिल्ला पार्टी र नेतासँग जोडेर पटकपटक विभिन्न शीर्षकमा कपोलकल्पित समाचार लेख्न नरोकिएपछि सम्बन्धित संचार संस्थाको ध्यानाकर्षण गराइएको हो ।
विज्ञप्तिमा नेकपा ललितपुर जिल्ला पार्टीले हरिसिद्धि इट्टा तथा टायल कारखानाको जग्गा फटाह र भू–माफियाले राजनीतिक संरक्षणमा गैरकानूनी तरिकाले अनुत्पादक क्षेत्रमा लैजाने बिक्री गरिन लागेको पाइएपछि त्यसविरुद्ध निरन्तर संघर्ष गरिरहेको समेत जारी विज्ञप्तिमा स्पष्ट पारिएको छ । विवादित जग्गाको विषय जनताको पक्षमा कायम नभएसम्म पार्टीले संघर्ष जारी राख्ने जानकारी समेत सचिव शर्माले दिए ।
‘यसरी रोकियो हरिसिद्धि इट्टा तथा टायल कारखानाको जग्गा बेच्ने योजना लेखिएको समाचारमा जिल्ला सचिव विपिनलाई लाखौंको अफर, विभिन्न व्यक्तिहरुसँगको जिल्ला सेक्रेटरीको भेटघाट, पार्टी हेडक्वाटरको ध्यानाकर्षण इत्यादि, भन्ने समाचार भ्रामक, कपोलकल्पित, तथ्यहीन, षडयन्त्रपूर्ण र बद्नियतपूर्ण रहेको प्रष्ट पार्न चाहन्छौं’ जारी विज्ञिप्तमा भनिएको छ ।
विज्ञप्तिको पढ्नुहोस्
