विद्यार्थीको मृत्यु भए पछि मेडिकल कलेजमा तोडफोड

विद्यार्थीको मृत्यु भए पछि मेडिकल कलेजमा तोडफोड

  • आइतवार, साउन २०, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

उपचारका क्रममा एक विद्यार्थीको मृत्यु भएपछि  विद्यार्थीले  भैरहवास्थित यूनिभर्सल कलेज अफ मेडिकल साइन्स शिक्षण अस्पताल तोडफोड  गरेका छन् ।

 

आन्दोलनका क्रममा आक्रोशित विद्यार्थी अस्पताल परिसरमा नाराबाजी र तोडफोडमा उत्रिन थालेपछि अस्पतालको वातावरण तनावपूर्ण बनेको हो। अस्पतालमा प्रहरीको परिचालन गरिएको छ।

 

उक्त कलेजको बीडीएस चौथो वर्षमा अध्ययनरत २४ बर्षीय महादेव साह नामका विद्यार्थीको उपचारको क्रममा आइतबार बिहानै अस्पतालमा मृत्यु भएको थियो।

धनुषाको जनकपुर नजिकैको पतनुका गाँउपालिका घर भएका साहको मृत्यु अस्पताल प्रशासन र चिकित्सकको लापरबाहीबाट भएको आरोप लगाउदै कलेजका सबै विद्यार्थी आन्दोलित भएका हुन्।

पिलो आएपछि उपचारका क्रममा शनबिार राति १० बजेतिर अस्पतालको इमर्जेन्सीमा भर्ना भएका साहको उपचारका क्रममा अपनाइनुपर्ने विधि नअपनाइएको र अनकलमा पनि दक्ष चिकित्सक नआएको आरोप आक्रोशित विद्यार्थीको छ।

अस्पताल व्यवस्थापन पक्षले भने उनको उपचारमा कुनै कमी हुन नदिइएको र उनी अस्पतालमा भर्ना हुँदा नै शरिरका विभिन्न अंगले काम गर्न छाडिसकेकाले बचाउन नसकिएको दावी गरेको छ।

आक्रोशित विद्यार्थी समूहले अस्पतालको विरुद्धमा नाराबाजी गर्दै अस्पतालको आइसीयू, सीसीयूको प्रवेशद्वार, झ्याल ढोका टिभी, पंखा फुटाएका छन्।

 

विद्यार्थीले समाचार संकलनका लागि अस्पतालमा पुगेका सञ्चारकर्मीहरुसँगपनि दुव्र्यवहार गर्दै टिभी क्यामेरा फोरिदिएका छन्। उनीहरुले पत्रकारले खिचेको तस्बिर डिलिट गराएका थिए।

पत्रकारको एक समूह आइतबार नै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी समक्ष डेलिगेशन गई पत्रकारहरुमाथि गरिएको दुर्व्यवहार र क्यामेरा फोरिएको घटनाप्रति ध्यानाकर्षण गराउदै दोषीको पत्ता लगाइ कारबाही र क्षतिपूर्तीबारे लिखित माग गरेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ