गंगामायाँका छोरा नुरप्रसाद प्रहरी नियन्त्रणमा

गंगामायाँका छोरा नुरप्रसाद प्रहरी नियन्त्रणमा

  • आइतवार, साउन २०, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

प्रहरीलाई उजुरी दिएर आफै भागेका गंगामायाका छोरा नुर प्रसाद अधिकारीले आफै प्रहरीलाई बोलाएर गिराफ्तारी दिएका छन् ।
महानगरीय प्रहरी अपराध महाशाखाले कृष्णप्रसाद अधिरकारी हत्याका उजुरीकर्ता मध्येका एक नुरप्रसाद अधिकारीलाई आइतवार नियन्त्रणमा लिएको हो।  उनका छोरा नुरप्रसाद लामो समयदेखि सम्पर्कबिहिन थिए ।

चितवन जिल्ला अदालतमा आइतबार मुद्दाको पेसी भइरहँदा ग‌ंगामाया अधिकारीको सम्पर्कविहिन छोरा नुरप्रसादलाई प्रहरीले नियन्त्रणमा लिइएको हो।
महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी धीरज प्रताप सिंहले प्रहरीले कुनै मुद्दामा समातेको नभई आमा गंगामाया अधिकारीले खोजि गरिदिन गरेको आग्रहका आधारमा नियन्त्रणमा लिएको बताए। ‘हामी उनलाई वीर आस्पतालमा रहेको आमा गंगामायालाई जिम्मा लगाउछौं’ उनले भने।
सशस्त्र द्वन्द्वका बेला हत्या भएका गोरखाका कृष्ण अधिकारीका विषयमा चितवन जिल्ला न्यायाधीस कुलप्रसाद शर्माको इजलासमा आज सुनुवाइ सुरू भएको छ। गोरखा फुजेलबाट चितवन रत्ननगरमा हजुरबुबा हजुरआमा भेट्न आएका कृष्ण अधिकारीको ६१ साल जेठ २४ मा अपहरणपछि हत्या भएको थियो। जसको तत्कालीन विद्रोही माओवादीले जिम्मा लिएको थियो।
यो घटनाविरूद्ध चितवन जिल्ला अदालतमा २०७० सालको चैत्रमा १३ जनाविरूद्ध मुद्दा दायर भएको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ