कुटपिटको मुद्दा मिलाउन खोजेको भन्दै नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल सुनसरीका उपाध्यक्ष सन्तोष विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले विकलाई गएराति धरान ११ स्थित उनकै घरबाट प्रक्राउ गरेको जनाएको छ ।
इलाका प्रहरी कार्यालय धरानका प्रमुख डीएसपी रामेश्वर पौडेलका अनुसार धरान १३ बस्ने दिपेश थपलियामाथि धरान १६ बस्ने वडा सदस्य दिपक आचार्यसहित स्थानीय गोकुल राई र मनोज विष्ट मिलेर कुटपिट गरेको विषयको मुद्दा मिलाउन खोजेकाले विकलाई नियन्त्रणमा लिएको हो ।
जग्गा कारोबारको विषयलाई लिएर साउन ९ गते थपलियामाथि धरान १३ को पार्टी प्यालेसमा कुटपिट भएको भन्दै पीडित थपलियाले इलाका प्रहरी कार्यालय धरानमा साउन १० गते किटानी जाहेरी दिएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline