क्रान्तिकारी पत्रकार संगठन जाजरकाेटका अध्यक्षको घर पहिरो पुरियो, उद्वार कार्य जारी

क्रान्तिकारी पत्रकार संगठन जाजरकाेटका अध्यक्षको घर पहिरो पुरियो, उद्वार कार्य जारी

  • आइतवार, साउन २०, २०७५
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

२० साउन,जाजरकोट । क्रान्तिकारी पत्रकार संगठन नेपालका जाजारकोट अध्यक्ष तिर्थ बोहरासहित तीन जनाको घर पहिरोले पुरिएको छ ।

शनिबार रातिदेखि आएको अविरल वर्षासँगै आइतबार विहान जाजरकोटको सदरमुकामस्थित भेरी नगरपालिका–३ ठाँटीबजार नजिकै गएको पहिरोमा पुरिएको हो । पहिरोबाट बोहरा र उनकी पत्नीको उद्दार गरिएपनि एक छोरा एक छोरी भने वेपत्ता भएका छन् । पहिरोले सँगै रहेका अन्य दुई घर पनि पुरेको छ ।

उद्दार कार्य जारी रहेकोले के कति क्षति भयो भन्ने एकिन हुन नसकेको घटनास्थलमा रहेको पत्रकार दिपबहादुर घर्तीले जानकारी दिए । उनका अनुसार अध्यक्ष बोहरा अचेत अवस्थामा रहेका छन् ।

प्रहरी र स्थानीय उद्दारमा जुटिरहेका छन् । जाजरकाेटमा जम्मा तीन वटा एम्बुलेन्स छन् । तीनै पनि अन्तै गएकाले अहिले घाइतेलाइ अस्पताल लैजान पनि कठिन भएकाे पत्रकार घर्तीले बताए ।

एक जनाकाे बच्चाकाे शव पनि फेला गरेकेा उनले बताएका छन् । तर पहिचान हुन सकेकेा छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ