नारायणी उपक्षेत्रीय अस्पतलमा उपचारका क्रममा विरामीको मृत्यु, आफन्तको विरोधपछि छानबिन समिति गठन

नारायणी उपक्षेत्रीय अस्पतलमा उपचारका क्रममा विरामीको मृत्यु, आफन्तको विरोधपछि छानबिन समिति गठन

  • शनिबार, साउन १९, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

१९ साउन, वीरगञ्ज । नारायणी उपक्षेत्रीय अस्पतलमा उचारका क्रममा दुई महिनाकी गर्भवति महिलाको मृत्यु भएको घटनाबारे छानविन गर्न ७ सदस्यीय समिति गठन गरिएको छ ।

पेट दुख्न थालेपछि अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएकी बाराको परवानीपुर गाउँपालिका वडा नं ५ बहुअरी बस्ने २५ बर्षाया रमिलादेविको उपचारको क्रममा मृत्यु भएको थियो ।

उनले आफन्तले चिकित्सको लापर्बाहीले मृत्यु भएको दाबी गर्दै अस्पताल परिसरमा प्रदर्शन गरपछि घटनाबारे छानविन गर्न नारायणी उपक्षेत्रिय अस्पतालका प्रसुति विभाग प्रमुख डा. सुरेन्द्र चौधरीको नेतृत्वमा ७ सदस्यीय छानविन समिति गठन गरिएको हो ।
उनीहरुले मुख्य सडक नै अवरुद्ध गर्दै टायर बाल्न खोजिएपछि सुरक्षाकर्मीले रोकेका थिए ।

समितिमा अस्पतालमै कार्यरत डा. उदय नारायण सिंह, मेट्रोन माधवी चौधरी, मानव अधिकारकर्मी कृष्ण कुमार खनाल, राजपाका नेता नेजामुद्धिन समानी, परवानीपुर गाउँपालिका अध्यक्ष हरि नारायण साह र पीडितका आफन्त दिपक साह कानु सदस्य छन् ।

आफन्तजनका अुनसार झण्डै दुई महिनाको गर्भवति रमिलालाई शुक्रबार बेलुका पेट दुख्न थालेपछि अस्पतालको आकस्मिक कक्षमा भर्ना गरेकोमा राति चिकित्सकहरुले चेकजाँचपछि सुई लगाएपछि उनको अवस्था सामान्य नै थियो ।

बिहान उनले उठेर जुस पनि पिएकी उनलाई अचानक दुखाई बढेपछि चिकित्सकले ट्रमाडोल, बुस्कोपान इन्जेक्सन लगाइदिएका थिए । त्यसपछि छटपटाउन थालेकी उनको मुखबाट फिँज निक्लिएको र केहिबेरमै मृत्यु भएको मृतकका आफन्त दिपक साहले बताएका छन् ।

छानविन समिति गठनपछि पनि आक्रोशित स्थानीयले क्षतिपूर्तिको माग राख्दै शव उठाउन मानेका छैनन् । उनको शव नारायणी उपक्षेत्रिय अस्पतालकै शव गृहमा राखिएको प्रहरी नायब उपरीक्षक मान बहादुर राईले जानकारी दिनुभयो ।

उता छानविन समितिले वास्तविक तथ्य बाहिर ल्याउने र सोही अनुसार प्रक्रिया अघि बढ्ने नारायणी उपक्षेत्रिय अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा एनामुल हकले बताउनु भयो ।

समितिको रिपोर्टकै आधारमा अरु प्रक्रिया अघि बढ्ने उहाँले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ