वैदेशिक रोजगार कम्पनीमाथी अंकुश लगाउन खोजिए प्रतिवाद गछौ: व्यवासायी

वैदेशिक रोजगार कम्पनीमाथी अंकुश लगाउन खोजिए प्रतिवाद गछौ: व्यवासायी

  • शनिबार, साउन १९, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौं , श्रावण १९, ।
सरकारले वैदेशिक रोजगार कम्पनीमाथी अंकुश लगाउने गरी विद्येयक ल्याउन लागेको भन्दै व्यवसायीहरु आन्दोलित भएका छन् ।

म्यानपावर कम्पनीको धरौटी रकम बढाएर ६ करोड रुपैया र्पुयाउने व्यवस्था विद्येयकमा उल्लेख गरेको भन्दै उनीहरु बिरोधमा उत्रिएका हुन् ।
म्यानपावर व्यावसायीहरुसँग छलफल नै नगरी सरकारले ६ करोडको भार थपेको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले आरोप लगाउनुभयो ।

उहाँले वैदेशिक रोजगार आवश्यक छ की छैन, धरौटी रकम बढ्दा कस्तो प्रभाव पार्छ भन्ने लगायतका बिषयमा बिस्तृत अध्ययन नै नगरि हचुवाका भरमा सरकारले उक्त प्रस्ताव गरेको भन्दै उहाँले त्यसलाई मान्न नसकिने बताउनु भयो ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले म्यान पावर व्यवसाय सञ्चालनका लागि २ करोड नगद र ४ करोडको बैंक ग्यारेन्टी पुर्याउने प्रस्ताव गरेपछि व्यवसायीहरु शसंकित बनेका हुन् ।

सरकारले जबरजस्ती वैदेशिक रोजगार कम्पनीमाथी अंकुश लगाउने गरी विद्येयक ल्याए त्यसलाई मान्न नसकिने र प्रतिवाद गर्ने उनीहरुको चेतावनी छ ।

हाल मुलुकभर १ हजार ४ सय भन्दा बढी म्यान पावर व्यवसाय सञ्चालनमा रहेका छन् ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले भने व्यवसायीलाई थप जिम्मेबार र यो क्षेत्रलाई भरपर्दो बनाउन आफुले पछिल्लो प्रस्ताब गरेको बताउनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ