गण्डकी र कर्णालीबाहेक पाँच प्रदेशको नामाङ्कन टुङ्गिन बाकीँ, अधिकाशंमा प्रक्रिया नै शुरु हुन सकेन

गण्डकी र कर्णालीबाहेक पाँच प्रदेशको नामाङ्कन टुङ्गिन बाकीँ, अधिकाशंमा प्रक्रिया नै शुरु हुन सकेन

  • शनिबार, साउन १९, २०७५
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

काठमाडौं, १९ साउन ।

मुलुक संघियतामा प्रवेश गरेको लामो समय बितिसक्दा समेत ५ वटा प्रदेशको नामाकरण हुन सकेको छैन । गण्डकी र कर्णालीबाहेकका सबै प्रदेशरुको नामाकरण टुङग्याउन बाकीँ छ ।

प्रदेश १, २, ३, ५, र ७ ले अझै पनि नामाङ्कन टुङ्ग्याउन नसकेका हुन् ।

प्रदेश १ मा अनौपचारिक रुपमा सगरमाथा, कोशी वा किराँत लगायतका नामबारे चर्चा भएपनि सरकारले नामाकरणको प्रक्रिया नै शुरु गरेको छैन ।

प्रदेश २ मा पनि नामाकरणका लागि सासंदहरुले दवाव दिदै आएक छन् तर सरकारका तर्फबाट कुनै प्रक्रिया सुरु हुन सकेको छैन । प्रदेश २ को नाम मिथिला भोजपुरा राख्नुपर्ने पक्षमा सतरुढ नेकपाका सांसद रहेपनि मधेश केन्द्रित दलहरु मिथिला भोजपुरा वा मधेस राख्ने विषयमा टुङगोमा पुग्न सकेका छैनन् ।

यस्तै प्रदेश ३ मा बाग्मती–नारायणी, मध्य प्रदेश, नेपाल मण्डल नाम चर्चामा रहेपनि नामाकरणका विषयमा प्रक्रिया सुरु भएको छैन । तर सरकारका तर्फबाट राजधानीबारे निर्णय गर्न समिति गठन गरिएको छ ।

प्रदेश ५ को नाम लुम्बिनी वा बुद्धभुमि राख्ने चर्चा भनिएपनि सरकारका तर्फबाट औपचारिक प्रस्ताव पेश भएको छैन भने प्रदेश ७ मा भने नामाङकन र राजधानी सुझावका लागि गठित उप समितिको म्याद पर्सी सोमबार सकिँदैछ ।

नेकपाका प्रमुख सचेतक तारा लामा तामाङको संयोजकत्वमा ५ सदस्यीय समितिले सेती, महाकाली, खप्तड, सुन्दर सुदुरपश्चिम, वा अपि–सैपाल नाम राख्ने विषयमा छलफल गरिरहेको हाम्रा सहकर्मी चित्राङ्ग थापाले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ