प्युठान, १९ साउन ।
नेपाल कम्युनिष्ट पार्टी निकट योङ रेड फोर्स, नेपालका केन्द्रिय सदस्य तथा प्युठान ईन्चार्ज हरि बस्नेत झण्डै तीन महिनापछि रिहा भएका छन् ।
गत वैशाख ३१ गते झुठा मुद्धामा प्युठानबाट गिरफ्तार बस्नेतलाई उच्च अदालत तुल्सिपुरको आदेशमा शुक्रवार रिहा गरेको हो ।
दुई बर्ष अगाडि एनसेल टावरमाथि भएको आगजनी गरेको आरोपमा उनलाई प्रहरीले गिरफ्तार गरेको थियो । एनसेलले अर्बौ रुपैया कर छलेको भन्दै कार्वाहि स्वरुप मुलुकभर एनसेल टावरहरुमाथि नेकपाले आक्रमण गरेको थियो ।
प्युठानमा भएको सोहि एनसेल टावरमाथिको आगजनीको जिम्मे पार्टीले लिएको भन्दै बस्नेत सहित चार जनाबिरुद्ध वारेन्ट जारी गरेको प्रहरीले बस्नेतलाई गिरफ्तार गरेको थियो ।
बस्नेत बिरुद्ध लगाईएको आरोप पुष्ठि हुन नसकेपछि उच्च अदालतले धरौटिमा उनलाई रिहा गर्ने आदेश दिएको थियो । सोहि आदेशपछि बस्नेत रिहा भएका नेकपा प्युठान ईन्चार्ज चिन्तामणी घिमिरेले जानकारी दिनुभयो ।
सोबेला लगभग ४५ जिल्लाका एनसेल टावरमाथी आक्रमण भएको थियो ।