नेपालद्धारा पहिलो एैतिहासिक जीत , नेदरल्याण्ड १ रनले पराजीत

नेपालद्धारा पहिलो एैतिहासिक जीत , नेदरल्याण्ड १ रनले पराजीत

  • शुक्रबार, साउन १८, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

नेपालले एक दिवसीय अन्तराष्ट्रिय मान्यता प्राप्त खेलमा आफ्नो पहिलो जीत हासिल गर्न सफल भएको छ । नेदरल्याण्ड विरुद्धको दोस्रो एक दिवसीयमा आज १ रनको जीत हासिल गर्दै नेपालले ईतिहास बनाएको हो ।
नेपालको जीतमा बलर सोमपाल कामी र कप्तान पारस खड्काको े प्रदर्शन उत्कृष्ट रह्यो । उनले नेपालको पारी उकास्न ७१ रनको योगदान गरे । उनले एक विकेट समेत लिएका थिए । त्यसै गरी कप्तान पारस खड्काले ५१ रन जोडे पछि नेपालले दुई सय १६ रनको मध्यम स्कोर खडा गरेको थियो । जवाफी व्याटीगंमा उत्रिएको नेदरल्याण्डले पुरै ५० ओभरमा सबै विकेट गुमाएर २ सय १५ रन जोड्यो । अन्तिम ओभरमा कप्तान पारसले बलिगं गर्ने क्रममा एक बलमा दुई रन चाहिएको स्थितिमा उनले विकेट लिए पछि नेपालले रोमाञ्चक जीत निकालेको हो ।
नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए भने ललित भण्डारीले २ तथा बसन्त रेग्मीले एक विकेट लिए । नेदरल्याण्डका बरेसीले ७१ रन जोडेका थिए । पहिलो खेल नेदरल्याण्डले ५५ रनले जीतेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ