सत्तारुढ दल नेकपाका सासदहरुको दवाव प्रतिकृया र तयारी हेर्दा आज हुने सुनुवाई समितिको बैठकले प्रधानन्यायधीशका लागि सुनुवाई भईरहेका दीपक राज जोशीलाई अस्वीकार गर्ने संभावना देखिएको छ ।
यद्यपि, जोशीका बारेमा प्रधानमन्त्री ओलीदेखि अनेक समिति सदस्यहरुसम्म अनेक किसिमका भेटघाट र चलखेल बढेको बताईए पनि त्यसले जोशीलाई सर्वोच्चभित्र जानबाट रोक्न सक्ने संभावना बढेको एक सदस्यले दावी गरेका छन् ।
सत्तारुढ र प्रतिपक्ष बीच सहमति नभएकाले बहुमत अल्पमतले यो निर्णय हुन सक्ने सभावना पनि देखिन्छ ।
समितिको बैठक आज बस्दै छ ।
यदी कुनै आकस्मिक केही परिघटना नआए आज जोशीको नाम अस्वीकृत हुने संभावना बढेको छ ।
समितिका सदस्य लक्ष्मण लाल कर्णले आज पनि बैठकमा छलफल हुने बताए ।
आज जोशीबारे समिति निर्णयमा पुग्न सक्ने एमाले सासद योगेश भट्टराईले पनि जानकारी दिएका छन् । तर कस्तो निर्णय हुन्छ भन्ने बारे उनीहरुले कुनै प्रतिकृया दिएका छैनन् ।
फैसलामा त्रुटी, शैक्षिक प्रमाणपत्र जस्ता धेरै कुराको विवादले गर्दा ससदीय समितिमा उनको सुनुवाईमा अनेकौ विषयले बहस पाउदै गएको छ ।
नेपाल बार एसोसिएसनले समेत यस विषयमा ध्यानाकर्षण भएको जनाईसकेको छ ।