एन्फाको गल्तीले जापानी फुटबल टोलीका प्रशिक्षक कोजी आज नेपाल छाड्न बाध्य हुदै

एन्फाको गल्तीले जापानी फुटबल टोलीका प्रशिक्षक कोजी आज नेपाल छाड्न बाध्य हुदै

  • शुक्रबार, साउन १८, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

‘ओभर स्टे’ को आरोपमा गृह मन्त्रालयले नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक ग्योतुकी कोजीलाई नेपाल प्रवेशमा एक वर्ष प्रतिबन्ध लगाइ निष्काशन गरेको छ। अध्यागमन विभागले जापानी नागरिक कोजीको भीसाको म्याद गुज्रिसकेपछि पनि नेपाल बसेको पाएपछि बुधबार उनलाई सन् २०१८ भरी नेपाल प्रवेशमा प्रतिबन्ध लगाई जापान फिर्ता पठाउने निर्णय गरेको हो। कोजी अब सन् २०१९ को जनवरीमा मात्र नेपाल प्रवेश गर्न पाउँछन्। कोजी शुक्रबार जापान फिर्ता हुँदैछन्।

सन् २०१६ को मार्चदेखि नेपाली राष्ट्रिय फुटबल टोली प्रशिक्षकको जिम्मेवारी सम्हालेका कोजीको भीषा ब्यवस्थानका एन्फाले चासो नदिँदा यो अवस्था आएको हो।

उनी श्रम स्विकृती बिनै फुटबल टोलीको प्रशिक्षकका रुपमा काम गरिरहेका थिए। एन्फाले कोजीको भीसा व्यवस्थापन गर्न नसक्नुमा गम्भीर कमजोरी देखिएको छ। कोजीले २०१८ का लागि गत जनवरी १७ मा पर्यटक भीसा लिएका थिए।

कुनै पनि विदेशी नागरिक एक भीसा वर्षेमा १ सय ५० दिन मात्र पर्यटक भीसामा नेपाल बस्न पाउँछन्। कोजी दुई वर्षअघि पर्यटक भीसामा नेपाल आएका थिए।

अध्यागमन विभागका अधिकारीले अध्यागमन ऐन÷नियम अनुसार कोजीलाई थप भीसा दिन नमिल्ने बताएपछि एन्फाका पदाधिकारी चित्त बुझाएर फर्किएका थिए। एन्फा पदाधिकारीले भने कोजीलाई फिर्ता पठाएको विषयको बचाउ गरेका छन्। एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले प्रशिक्षक कोजी राष्ट्रिय टोलीसँग शुक्रबार थाइल्यान्ड हुँदै इन्डोनेशिया जाने बताए।

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक कोजी एएफसीको प्रोडिप्लोमा लाइसेन्स प्राप्त प्रशिक्षक हुन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ