भ्यानको ठक्करबाट साइकलयात्रीको मृत्यु, ७ घाइते

भ्यानको ठक्करबाट साइकलयात्रीको मृत्यु, ७ घाइते

  • बिहिबार, साउन १७, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

कैलाली, साउन १७ । कैलालीको लम्कीचुहा नगरपालिका–८, गोप्चामा बिहीबार भ्यानको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका–९ का ६५ वर्षीय पन्चराम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

नेपालगन्जदेखि धनगढी जाँदै गरेको से१ज ६३५ नम्बरको उइगंर भ्यानले ठक्कर दिँदा साइकलयात्री चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिएपछि भ्यान बिजुलीको पोलमा ठोक्किँदा भ्यानमा सवार ७ जना यात्रीसमेत  घाइते भएको कैलाली प्रहरी प्रमुख विनोद घिमिरेले जानकारी दिए ।

दुर्घटनामा घाइते भएकाहरुको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ