विकास र समृद्धिको नारा पूरा गर्न सक्दैनः नयाँ शक्ति

विकास र समृद्धिको नारा पूरा गर्न सक्दैनः नयाँ शक्ति

  • बुधबार, साउन १६, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौँ, १६ साउन । नयाँ शक्ति पार्टी नेपालले विकास र समृद्धिको नारा सरकारले पूरा गर्न नसक्ने आरोप लगाएको छ ।

पार्टीको राज्य व्यवस्था तथा संसदीय मामिला विभाग र विज्ञ परिषद्ले यहाँ आज आयोजना गरेको सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा ऐतिहासिक उपलब्धिलाई कुल्चेर जनता आहत हुने गरी सरकार उल्टो दिशातर्फ हिँड्न खोजेको आरोप लगाएको हो ।

सो अवसरमा राज्य व्यवस्था तथा संसदीय मामिला विभाग प्रमुख एवं पूर्वमन्त्री कल्पना धमलाले बजेटको ७३ प्रतिशत केन्द्र सरकारलाई राखेर प्रदेश र स्थानीय सरकारलाई शाखा कार्यालयका रुपमा व्यवहार गरेकामा आपत्ति जनाउनुभयो ।

वर्तमान सरकार संविधानको कार्यान्वयन र मौलिक हकसम्बन्धी कानून निर्माण गरेर जनताको हक सुनिश्चित गर्नुपर्ने कार्यभारलाई थाँती राखेर नाफा, सेवा, सुविधा र सत्ता एकाधिकारको विधि निर्माणमा लागेको आरोप पनि उहाँले लगाउनुभयो ।

पार्टीका केन्द्रीय सदस्यसमेत रहनुभएकी नेतृ धमलाले भन्नुभयो, “पानीजहाज, मोनो रेलजस्ता महत्वकांक्षी योजना बाँड्ने तर व्यवहारमा सरकारले राजधानीको सडकमा भएका खाल्डासमेत पुर्न सकेको छैन, भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि पालमुनिको जिन्दगी काटिरहेका जनतालाई उचित राहतको व्यवस्था गर्न सकेको छैन ।”

आन्दोलनका लागि स्थान तोक्नु भनेको अन्य राजनीतिक दलमाथि प्रतिबन्ध लगाउनुसरह भएको आफ्नो पार्टीेको ठहर रहेको पनि उहाँले बताउनुभयो ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेको व्यापारीकरणको अन्त्य, बलात्कारीलाई कडा सजाय, भ्रष्टाचारको अन्त्य, असारे विकासमा भएको खर्चको छानबिन गर्नुपर्ने, समयमा काम नगर्ने ठेकेदारमाथि कानूनी कारबाही गर्नुपर्ने, सुनकाण्डको छानबिनलाई तत्काल निष्कर्षमा पु¥याउनुपर्र्ने, रोजगारी सिर्जना गर्नुपर्ने, अनियन्त्रित मूल्य वृद्धि घटाउनुपर्ने, सरकारी फजुल खर्चको छानबिन हुनुपर्ने, बजार अनुगमन प्रभावकारी बनाउनुपर्ने, शान्ति सुरक्षामा संवेदनशील बन्नुपर्नेलगायतका माग सो पार्टीले अघि सारेको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ