प्रस्तावित प्रधानन्यायधिश जोशीबारे आज निर्णय गर्ने तयारी

प्रस्तावित प्रधानन्यायधिश जोशीबारे आज निर्णय गर्ने तयारी

  • बुधबार, साउन १६, २०७५
  • मिर्मिरे अनलाइन

  • 14K
    SHARES

काठमाडौं, साउन १६ ।
प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई भावि प्रधानन्यायधिश बनाउने कि नबनाउने भन्नेबारे निर्णय गर्न आज संसदीय सुनुवाई समितिको बैठक बस्दै छ । त्यसका लागि सुनुवाई समितिको बैठक अपरान्ह साढे ३ बजेका लागि बोलाइएको छ ।

सुनुवाइ भएको ६ दिन भैसक्दा समेत समितिले ठोस निर्णय गर्न सकेको छैन । जन्ममिति, सर्टि्फिकेट र यसअघिका फैसला समेत विवादास्पद देखिएपछि सत्तारुढ दल नेकपा जोशीको नाम अनुमोदन नगर्ने पक्षमा छ । तर यसबारे प्रतिपक्षी कांग्रेस भने अझै स्पष्ट भैसकेको छैन ।

जोशीको सुनुवाई गत बिहीबार नै सकिए पनि त्यस पछिको बैठक पार्टी्भित्र छलफल गर्नुपर्ने भन्दै समितिका सांसदहरुले पटक पटक स्थगित गर्दै आएका छन् । जोेशीको सर्टि्फिकेटमा जन्ममिति फरक फरक भेटिएको छ ।

जोशीले संसदीय सुनुवाई समितिमा बुझाएको शैक्षिक प्रमाणपत्र नै फर्जी रहेको भन्दै नेकपाका सांसदहरुले कुनै हालतमा प्रधानन्यायाधीशमा सिफारिस गर्न नहुने बताएका छन् । तर कांग्रेस सांसदहरु चाहिँ यसबारे अझै प्रष्ट भैसकेका छन् ।

संसदीय सुनुवाई समितिमा १५ जना सांसद छन् । सुनुवाइ समितिमा नेकपाका नौ र फोरमका एक गरी सत्तारुढ दलको संख्या १० छ । यो सम्पूर्ण सदस्यको दुईतिहाइ मत हो । कांग्रेसका चार र राजपाबाट एकजना सुनुवाइ समितिमा सदस्य छन ।

सकेसम्म सर्वसम्मत अस्वीकृत गर्ने र कांग्रेसले नमाने मात्र सत्तारुढ दलको दुईतिहाइ बहुमतबाट अस्वीकृत गर्ने नेकपाको तयारी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ