सशस्त्र प्रहरीभित्र जागिर छाड्नेको संख्या बढ्यो

सशस्त्र प्रहरीभित्र जागिर छाड्नेको संख्या बढ्यो

  • मङ्लबार, साउन १५, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

सशस्त्र प्रहरीभित्र जागिर छाड्नेको संख्या बढेको छ । यही बैशाखदेखि अषाढ मसान्तसम्म ७ सय ८६ जनाले राजीनामा दिइसकेका छन् ।

सबैभन्दा धेरै असारमा मात्रै ५ सय २६ जनाले सेवाबाट राजीनामा दिए । राजीनामा दिनेमा सबैभन्दा बढी वरिष्ठ हवल्दार छन् । सशस्त्र प्रहरीका अनुसार बैशाखमा सय, जेष्ठमा १ सय ६० र असारमा ५ सय २६ जना गरी ३ महिनामा ७ सय ८६ जनाले राजीनामा दिएका हुन् । ३ महिनाको अवधिमा सबैभन्दा बढी ४ सय ६५ जना वरिष्ठ हवल्दारले राजीनामा दिएका छन् ।

त्यस्तै, सहायक निरीक्षक १ सय ३३, जवान ९८, नायब निरीक्षक २७, हवल्दार ३१, सहायक हवल्दार २२, श्रेणीविहिन परिचर ७ र निरीक्षक ३ जनाले राजीनामा दिएका छन् । सोही अवधिमा २ सय २ जनाले अनिवार्य अवकास पाएका सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी बाबुराम पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो– राजीनामा दिनेमा धेरै जसो संगठनमा १६ वर्ष विताएका छन् ।

उनीहरुले बढुवा ढिलो भएकाले राजीनामा दिएको हुनुपर्छ । बढ्दो राजीनामा लाई रोक्न रोक्न कर्मचारीको वृत्ति, विकासका साथै बढुवालाई समेत ध्यानमा राखेर काम भइरहेको डीआईजी पाण्डेले बताउनुभयो । तीन महिनमा ७ सय १४ जना प्रहरीको बढुवा गरिएको उहाँको भनाई छ । हाल सशस्त्र प्रहरी बलमा ३७ हजार १ सय १७ जना सुरक्षाकर्मी कार्यरत छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ