श्रावण १५ ,काठमाडौँ । काठमाडौं उपत्यकाब्यापी सडक विस्तार पीडित संघर्ष समितिले दाएर रिटको पक्षमा सर्वोच्च अदालतले गरेको फैसला कर्यान्वयेन नगरी बेवास्ता गरेको भन्दै सरकारलाई दबाबदिन संघर्षका कार्यक्रम सार्वोजनिक गरेको छ ।
गएको असार १२ गते सर्वोच्च अदालतले सडक बिस्तार पिडित विभिन्न संघर्ष समितिले दएर गरेको रितको पक्षमा पूर्ण इजलासले संबैधानिक र प्रचलित कानुन अनुसार फैसला गरि पूर्णपाठ समेत जारि गरेको थियो । फैसलाको कर्यान्व्येन नभएको भन्दै सोमवार आयोजित पत्रकार सम्मेलन गरि चरवद्द संघर्षका कार्येक्रम घोषणा गरेको छ ।समितिको उपत्येकामा विभिन्न स्थान गरि ३२ उपसमिति आवद्दले श्रावणको २८ गते भित्र उपत्येका भित्रका १८ वटा नगरपालिका प्रमुखलाइ सर्वोच्च अदालले गरेका फैसलाको प्रतिलिपिलि सहित सो बिषयमा ध्यानाकर्षण गराउने , त्सैगरी ३ नम्बर प्रदेशका मुख्य मुख्यमन्त्री तथा सांसद समक्ष सो बिषयमा ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
येसैगरि उपत्यका विकास प्राधिकरण, पुरातत्व विभाग, गुथि संस्थान र अन्य सरकारी निकायहरुमा पनि सो बिषयमा ध्यानाकर्षण पत्र दिने कार्येक्रम रहेको बताएको छ ।
संघर्ष कायेक्रमको सुरुवात गर्दै श्रावण २९ गते ललितपुर सडक बिस्तारको क्रममा जबरजस्ती संरचना भत्किएका ललितपुर वटुक भैरवमा त्येस घटाना प्रति राज्यबाट भएको गलती को संज्ञा दिदै क्षमापूजा गरिने तय गरेको छ । साथै धार्मिक तथा सम्पदा क्षेत्रमा समेत सडक विस्तारको नाउमा जबर्जस्ति अतिक्रमण गर्ने कार्य भएको कारण हिन्दू र बौद्ध धर्मावलम्बी संघ सस्था र आस्था सम्बद्द संग संयुक्तरुपमा विभिन्न दबाबमूलक कार्येक्रम गर्दै जाने घोषणा गरेकाे छ ।
भिडियोको लागि तल क्लिक गर्नुहोला –
https://www.facebook.com/1908604156075058/videos/2132350560367082/?t=0
