सरकार विरुद्ध कांग्रेसले आज देशभर प्रदर्शन गर्ने

सरकार विरुद्ध कांग्रेसले आज देशभर प्रदर्शन गर्ने

  • मङ्लबार, साउन १५, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.7K
    SHARES

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज सरकारविरुद्ध देशैभरि प्रदर्शन गर्ने भएको छ ।

लोकतान्त्रिक मूल्य मान्यताविपरित सरकार अधिनायकवादी बाटोमा अघि बढेकाले खबरदारी गर्न भन्दै प्रमुख प्रतिपक्षी कांग्रेसले आज ७७ वटै जिल्लामा प्रदर्शन गर्न लागेको हो ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारलाई लोकतान्त्रिक मूल्य र मान्यताप्रति विचलन नहुन दबाब दिने उद्देश्यले प्रदर्शन गर्न लागिएको जानकारी दिए ।

नेपाली कांग्रेसले संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने माग गर्दै आएको छ ।

सरकारले महंगी रोक्न प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको, निषेधित क्षेत्र तोक्दै नागरिक अधिकारको हनन् गरेको तथा संवैधानिक अंगमा हस्तक्षेप गरेको आरोपसमेत कांग्रेसले लगाउँदै आएको छ ।

यसैबीच नेपाली कांग्रेस काठमाडौंले दिउँसो साढे २ बजे रत्नपार्क शान्ति बाटिकाबाट प्रदर्शन गर्ने जनाएको छ ।

शान्ति बाटीकाबाट भोटाहिटी, असन, इन्द्रचोक, विशालबजार हुँदै फेरि शान्तिबाटीकामै फर्किएर कोणसभा गरिने कांग्रेसको काठमाडौ जिल्ला कार्यसमितिले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ