आशा गरिएका युवा फुटबलर विमल सहितले डिस्कोमा जाड खादै हल्ला गर्दै गरे पछि कार्बाही हुने

आशा गरिएका युवा फुटबलर विमल सहितले डिस्कोमा जाड खादै हल्ला गर्दै गरे पछि कार्बाही हुने

  • मङ्लबार, साउन १५, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

काठमाडौं । एसियाली खेलकुद र साफ च्याम्पियनसिप फुटबलको बन्द प्रशिक्षणमा रहेका पाँच खेलाडी र टिमका व्यवस्थापकमाथि अनुशासनको कारवाही थालिएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई डिस्को गएर मादक पदार्थ सेवन गरेको आरोपमा ७२ घण्टाभित्र लिखित स्पष्टीकरण दिन निर्देशन दिएको हो ।

राष्ट्रिय फुटबल टोलीका पाँच खेलाडीहरु विमल घर्तीमगर, अन्जन विष्ट, विशाल राई, हेमन्त थापा मगर र छिरिङ शेर्पा तथा व्यवस्थापक बाबुकाजी बस्नेतसंग लिइएको मौखिक जवाफ चित्त नबुझेकाले ७२ घण्टाभित्र लिखित जवाफ दिन निर्देशन दिइएको एन्फा प्रवक्ता किरण राईले बताए ।

उनले लिखित जवाफ पनि चित्त नबुझे के कार्वाही गर्ने भन्नेबारे छलफल हुने बताए ।

खेलाडीहरुले गत शुक्रबार राति डिस्को गएर मादक पदार्थ सेवन गरी होहल्ला गरेको सूचना सार्वजनिक भएपछि एन्फाले स्पष्टिकरण लिएको हो ।

एन्फाले होस्टल वार्डेन टक्कर थापालाई पनि तीन दिनको समय दिएको छ । एन्फाले सेक्युरिटी कम्पनीलाई भने सात दिनको समय दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ