जोशीलाई रोक्ने नेकपाको तयारी, कांग्रेसको चेतावनीले बैठक सर्‍योः प्रधानमन्त्रीसँगकाे भेटपछि जाेशीलाई प्रधानन्यायाधीश बन्ने बाटाे खुल्ला ?

जोशीलाई रोक्ने नेकपाको तयारी, कांग्रेसको चेतावनीले बैठक सर्‍योः प्रधानमन्त्रीसँगकाे भेटपछि जाेशीलाई प्रधानन्यायाधीश बन्ने बाटाे खुल्ला ?

  • सोमवार, साउन १४, २०७५
  • मिर्मिरे अनलाइन

  • 15.7K
    SHARES

१४ साउन, काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीशबारे सोमबार पनि कुनै निर्णय गर्न सकेन ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरु सोमबार दीपकराज जोशीलाई प्रधानन्यायाधीश सिफारिस नगर्ने निर्णयमा पुगेकाे सुइँको पाएपछि सुनुवाइ समितिमा रहेका कांग्रेस सांसदहरुले बैठक बहिस्कारको चेतावनी दिपछि अाजकाे बैठकले कुनै निर्णय नगरेकाे हाे  ।

सत्तारूढ नेकपाका सांसदले पार्टीको धारणा नबनेको बताएपनि जाेशीलाइ सिफारिस नगर्ने निर्णय गरेकेा जानकारी अाएपछि अाजकाे बैठक प्रभावित भएकाे हाे ।

नेककपाका एक सांसदले भने, ‘हामीले निर्णय गर्ने तर, कांग्रेसले बहिस्कार गर्ने अवस्था नआओस् भनेर सहमतिमै बैठक सारिएको हो ।’ सोमबार कुनै निर्णय नगर्ने सहमतिपछि कांग्रेस सांसदहरु बैठकमा आए तर बैठक पर्सि १६ गते दिउँसो ३ बजे बस्ने गरी स्थगित भयो ।

सत्तारुढ नेकपा जोशीलाई प्रधानन्यायाधीश बनाउने नबनाउनेबारे लामो समय अनिर्णित रहदा शीर्षनेताहरुबाट सिग्नल नआएको भन्दै सुनुवाईपछि पनि समितिको बैठक दुईपटक सारियो । आइतबार साँझ बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकले जोशीको शैक्षिक प्रमाणपत्रमा प्रश्न उठ्नुका साथै फैसलाहरु पनि विवादित रहेको कारण देखाउँदै उनलाई प्रधानन्यायाधीश सिफारिस नगर्न निर्देशन दियो ।

त्यसअघि नेकपाका नेताहरुले राजीनामा दिएर सम्मानजनक निकास दिन जोशीलाई सन्देश पठाएका थिए । तर, उनले त्यसलाई बेवास्ता गरेपछि अस्वीकृत गर्ने रणनीति बनेको हो ।सुनुवाई समितिमा नेकपाका ९ सांसद छन् । सत्तारुढ संघीय समाजवादी फोरमका एक सदस्य छन्, उनले समर्थन गरेको अवस्थामा दुई तिहाई बहुमत पुग्छ ।

यता सर्वोच्चका वरिष्ठतम न्यायाधीश भएको र कामु प्रधानन्यायाधीश भइसकेका आफू सहजै सिफारिस हुनेमा ढुक्क रहेर सुनुवाईमा पनि सहज रूपमा प्रस्तुत भएका जाेशी लामो समयसम्म निर्णय नहुँदा अाफु पक्षमा समर्थन जुटाउन दाैडधुपमा लागेका छन् ।

उनले सत्तारुढ नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने प्रयास पनि गरेपनि भेट सम्भव भएन । तर भाेली भेट्ने सम्भावना रहेकाे बताइएकाे छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ