बलात्कारपछि हत्या गरिएकी निर्मलाको अन्त्येष्टि

बलात्कारपछि हत्या गरिएकी निर्मलाको अन्त्येष्टि

  • सोमवार, साउन १४, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

कञ्चनपुर, साउन १४ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको आज दाहसंस्कार गरिएको छ ।

पीडित पक्ष र प्रहरीबीच शव उठाउने सहमति भएपछि बालिका पन्तको आज अन्त्येष्टि गरिएको हो ।

निर्मलाको केही दिनअघि बलात्कारपछि हत्या गरेर उखुबारीमा फालिएको अवस्थामा शव फेला परेको थियो ।

घटनालाई लिएर कञ्चनपुरमा व्यापक विरोध प्रदर्शन भएको थियो । प्रदर्शनकारीहरुले बलात्कारमा संलग्नहरुलाई पक्राउ परेर कारबाही गर्न र पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गरेका थिए ।

उनीहरुले दोषीलाई कारवाही नगर्दासम्म शव उठाउन नदिने अडान लिएका थिए । तर स्थानीय प्रशासनले घटनामा संलग्नलाई पक्राउ गरी कडा कारबाही गर्ने र पीडित परिवारलाई क्षतिपूर्ति दिलाउने आश्वासन दिएपछि स्थानीयले शव उठाउन दिएका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ