अराजकता

अराजकता

  • आइतवार, साउन १३, २०७५
  • मिर्मिरे अनलाइन

  • 17.4K
    SHARES

-अर्जुन दाहाल

यहाँ मानिसको दुइटा हुल छ ,

– दुई बेग्लाबेग्लै नारा छन ,

– दुवैको आ-आफनै हठ छन ,

– दुवैको माग आ-आफ्ना दृस्ठिकोणमा जायज छन ।

यहाँ दुई हुल समाजसेवी छन ,

र गन्तव्य एउटै छ – विकाशन्मुख देश ।

हो ,

यहाँ दुवै हुलको गन्तब्य एउटै छ ,

– विचार समाजवादी छ ,

– चाहना आमूल परिवर्तनको छ ।

तर को सहि छ  र को गलत ?

यहाँ दुवै देशभक्त छन ,

कसलाई राम्रो भन्ने र कसलाई नराम्रो ?

यहाँ दुवै सकारात्मक छन ।

यहाँ प्रहरी प्रशासन लाचार छ ,

अदालत मौन छ ,

त्यसैले मानिसका दुई हुल ,

दाम्लो फुकाको गोरुझैँ ,

सरकारले तोकेको निषेधित क्षेत्र नाघेर ,

उद्दण्ड मच्चाइरहेका छन ,

र हुर्किएको छ समाजमा

अराजकता ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी