१३ साउन, काठमाडौं ।
काठमाण्डौको कलंकीमा एक युवती बलात्कृत भएकी छन् । घटनामा संलग्न भएको अभियोगमा प्रहरीले सशस्त्र प्रहरी बल उपत्यका सुरक्षा कार्यालय, बलम्बुमा कार्यरत दुई जवानलाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त, कालिमाटीको महिला सेलमा पीडित युवतिले दिएको जाहेरीका आधारमा प्रहरीले प्रेमी रामशरण पोखरेल र उनका साथी चन्द्र प्रसाईं पक्राउ परेका हुन् ।
घटनाको अनुसन्धान भइरहेको र दुवैमाथि जबरजस्ती करणी र जबरजस्ती करणी प्रयाससम्बन्धी मुद्दा चलाइने कालिमाटीका डिएसपी प्रदीप क्षत्रीले जानकारी दिनुभयो ।
गत बिहीबार कलंकीस्थित आशिर्वाद गेस्ट हाउसमा बोलाएर उनीमाथि बलात्कार भएको पिडित युवतीको जाहेरीमा उल्लेख छ ।
प्रहरीले उनीहरुको कोठाबाट कण्डम र केही मदिराको बोटलसमेत बरामद गरेको छ । पक्राउ परेपछि पोखरेलले आफूले युवतीसँग सम्बन्ध राखेको स्वीकार गरेका छन् ।