बुटवल पाल्पा सडकखण्ड अवरुद्ध, सवारी साधन र यात्रु बीचमै रोकिए

बुटवल पाल्पा सडकखण्ड अवरुद्ध, सवारी साधन र यात्रु बीचमै रोकिए

  • आइतवार, साउन १३, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

१३ साउन, बुटवल ।
अबिरल बर्षापछि खसेको पहिरोका कारण सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल पाल्पा सडकखण्ड अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका ३ हेडबक्स भन्ने स्थानमा पहिरो खसेपछि आज बिहान ७ बजेदेखि सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँदा पाल्पा हुँदै विभिन्न जिल्लाबाट बुटवलतर्फ आइरहेका र बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पोखरा लगायतका स्थानतर्फ जाने सवारी साधन र यात्रु बीचमै रोकिएका छन् ।

भारी वर्षाका कारण पहिरो खस्ने क्रम नरोकिएको र डोजरले पहिरो पन्छाउन पनि समस्या भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

बुटवल पाल्पा सडक खण्डको हेडबक्स भन्ने स्थानमा पटक पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ । सडक खुल्न केही घण्टा लाग्न सक्ने प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ