नेपालले आज नेदरल्याण्ड्स र इंग्ल्याण्डसँग त्रिकोणात्मक ट्वेण्टी–ट्वेण्टी क्रिकेट खेल्दै

नेपालले आज नेदरल्याण्ड्स र इंग्ल्याण्डसँग त्रिकोणात्मक ट्वेण्टी–ट्वेण्टी क्रिकेट खेल्दै

  • आइतवार, साउन १३, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

काठमाण्डौ, १३ साउन ।

इंग्ल्याण्डमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज नेदरल्याण्ड्स र इंग्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लबसँग त्रिकोणात्मक ट्वेण्टी–ट्वेण्टी क्रिकेट खेल्दैछ ।

मैत्रीपूर्ण भए पनि अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद आईसीसीले मान्यता दिएको यो शृंखलाका लागि नेपाली टोली अघिल्लो हप्ता नै इंग्ल्याण्ड पुगेको हो ।

एमसीसीसँगको खेल नेपाली समय अनुसार आज साझ ६ बजेपछि शुरु हुनेछ । त्यस्तै, नेपाल र नेदरल्याण्ड्सले नेपाली समय अनुसार राति साढे १० बजेपछि खेल्नेछन् । त्यसअघि दिउँसो पौने ३ बजे नेदरल्याण्ड्स र एमसीसीको खेल हुनेछ । एमसीसीको कप्तानी भेट्रान श्रीलंकाली क्रिकेटर महेला जयबर्द्धनेले गर्नेछन् ।

नेपालका कप्तान पारस खड्काले नेपाली टीमका लागि आजको खेल महत्वपूर्ण अवसर भएको प्रतिक्रिया दिएका छन् । ३ वर्षपछि नेपाली टोली आईसीसीले मान्यता दिएको ट्वेण्टी ट्वेण्टी क्रिकेट खेल्न लागेकाले नेपालका लागि आजको खेल महत्वपूर्ण र इतिहास बनाउने अवसर भएको कप्तान खड्काको भनाइ छ ।

मैत्रीपूर्ण भए पनि नेपाल र नेदरल्याण्ड्सबीचको खेललाई आईसीसीले अन्तर्रा्ष्ट्रिय ट्वेण्टी ट्वेण्टीको मान्यता दिएको छ । दुवै ट्वेण्टी ट्वेण्टी अन्तर्रा्ष्ट्रिय मान्यता पाएका टीम हुन् ।

एक हप्ताअघि इंग्ल्याण्ड पुगेको नेपाली टोलीले त्यहाँका स्थानीय क्लवहरुसँग दुई एकदिवसीय र दुई ट्वेण्टी ट्वेण्टी ढाँचाका अभ्यास खेल खेलेको थियो । जसमध्ये तीन खेलमा जित हासिल गरेको नेपाल १ खेलमा पराजित भएको थियो ।

त्रिकोणात्मक शृँखलापछि नेपाली टोली नेदरल्याण्ड्स जाने नेपालले आगामी बुधबार र शुक्रबार नेदरल्याण्ड्ससँग एतिहासिक एकदिवसीय शृंखला खेल्नेछ । एकदिवसीय मान्यता पाएपछि पहिलो पटक नेपालले शृंखला खेल्न लागेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ