नेकपाका दुई पोलिट ब्युरो सदस्य गिरफ्तार

नेकपाका दुई पोलिट ब्युरो सदस्य गिरफ्तार

  • आइतवार, साउन १३, २०७५
  • मिर्मिरे अनलाइन

  • 15.9K
    SHARES

काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टीका दुईजना पोलिट ब्युरो सदस्यलाई प्रहरीले गिरफतार गरेको छ ।

नेकपाका पोलिट ब्युरो सदस्य कृष्ण धमला (गम्भीर) र मोहन कार्की (जिवन्त)लाई प्रहरीले गिरफतार गरेको हो ।

अपहरण शैलिमा साउन १० गते नै गिरफतार गरिएका उहाहरुलाई अहिले बालाजु प्रहरी चौकीमा राखिएको पारिवारिक श्रोतले बताएको छ । पोलिव्युरो सदस्य द्धव्यलाई काठमाडौं उपत्यका आउदै गरेको बेला थानकोटबाट प्रहरीले गिरफतार गरेको थियो ।

नेकपाका एक नेताले आफ्नो पार्टीका दुई पोलिट ब्युरो सदस्यलाई प्रहरीले अपहरण शैलीमा गिरफतार गरि बेपत्ता बनाएको सुचना आएको भएपनि र उनीहरुको अवस्थाबारे प्रशासनले कुनै जानकारी नै नगराएको भन्दै बिनाकारण आस्थाकै आधारमा पक्राउ गरिएका दुई नेतालाई अबिलम्ब रिहाइको माग गर्नुभएको छ ।

यस अघि पक्राउ गरिएका दुई पोलिट ब्युरो सदस्य पदम राई र ओमप्रकाश पुन अहिले पनि प्रहरी हिरासतमा छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ