नेता खनालको प्याराथाइराइड शल्यक्रिया

नेता खनालको प्याराथाइराइड शल्यक्रिया

  • शुक्रबार, साउन ११, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

काठमाडौँ, ११ साउन ।

चीनमा उपचाररत नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालको प्याराथाइराडड र मिर्गाैलामा भएको पत्थरीको शल्यक्रिया गरिएको छ ।

चीनको सिन्चाउस्थित ‘अन्तर्राष्ट्रिय हस्पिटल अफ सिन्चाउ प्रोभिन्स’मा उहाँको बिहीबार सफल शल्यक्रिया भएको उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो । शल्यक्रियापछि खनाल अहिले आराम गरिरहनुभएको छ ।

चिकित्सकको सल्लाहमा पूर्वप्रधानमन्त्री खनाल प्याराथाइराइड र मिर्गाैलामा भएको पत्थरीको उपचार गर्न चीन जानुभएको हो । उपचार गराउन चीन जानुअघि उहाँले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, वीर अस्पतालमा उपचार गराउनुभएको स्वकीय सचिव भट्टराईले बताउनुभयो । उहाँलाई विगत एक वर्षदेखि प्याराथाइराइडको समस्या भएको थियो ।

यही साउन ६ गते पत्नी रविलक्ष्मी चित्रकारसँग चीन जानुभएका खनाल अझै १० दिन चिकित्सकको सल्लाहमा चीन बस्नुहुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ