उपराष्ट्रपति कप प्रतियोगितामा एपिएफ र आर्मी विजयी

उपराष्ट्रपति कप प्रतियोगितामा एपिएफ र आर्मी विजयी

  • शुक्रबार, साउन ११, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

काठमाडौँ, ११ साउन ।

राजधानीमा जारी उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फूटबल प्रतियोगितामा दुई विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको पहिलो खेलमा एपिएफले रौतहटलाई ७–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । एपिएफको यो लगातार दोस्रो जीत हो । यसअघि पहिलो खेलमा एपिएफले काठमाडौँलाई पराजित गरेको थियो ।

एपिएफको जितमा सावित्रा भण्डारी एक्लैले चार गोल गरिन भने सरु लिम्बूले दुई तथा अनिता बस्नेतले १ गोल थपिन । सावित्रा खेलको वमन अफ दी म्याच घोषित भइन् । सोही मैदानमा आजै भएको दोस्रो खेलमा आर्मीले काठमाडौँलाई ८–० ले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ । आर्मीले पहिलो खेलमा नेपाल पुलिस क्लबलाई १–० ले गोलअन्तरले पराजित गरेको थियो ।

आर्मीको जितमा दीपा राईले ह्याट्रिक गरिन् भने कृष्णा बस्नेतलले २ गोल थपिन् । त्यस्तै विमला विक, इन्दिरा राई र कविता धिमालले समान १÷१ गोल गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ