काठमाडौ १० साउन ।
नेपाल कम्युनिस्ट पार्टीले मनसुन शाह नाम गरेका व्यक्तिले आफ्नो पार्टीको नाममा करोडौं ठगी गरेको भन्दै कारवाहीको चेतावनी दिएको छ ।
हाल भक्तपुरमा होटल व्यवसाय गर्दै आएका लाजिम्पाट निवासी शाहले पार्टीको काठमाडौँ जिल्ला इन्चार्जको हवाला दिदै करोडौं रकम बार्गे्निङ गरेको तथा विभिन्न व्यात्तिलाई ज्यान मार्ने धम्की दिएको गुनासो अफुहरु समक्ष आएको उक्त पार्टीले जनाएको छ ।
आज नेकपाका काठमाडौँ जिल्ला सेक्रेटरी भृकुटीले प्रेस विज्ञप्ति जारी गर्दै उक्त व्यत्ति आफ्नो पार्टीको सदस्य नभएको स्पष्ट पार्नुभएको छ । साथै उक्त घटनामा आफ्नो पार्टीको गम्भिर ध्याकर्षण भएको पनि जानकारी उहाले दिनुभएको छ ।
सेक्रेटरी भृकुटीले पार्टीको बदनामा गर्ने उक्त व्यक्तिलाई कडा कारवाही गर्ने चेतावनी समेत दिनुभएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
