यात्रु बस त्रिशुलीमा खस्दा ८ जनाको मृत्यु, ३ जनाको सनाखत

यात्रु बस त्रिशुलीमा खस्दा ८ जनाको मृत्यु, ३ जनाको सनाखत

  • शुक्रबार, साउन ११, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

चितवन ११ श्रावण ।

पृथ्वीराजमार्ग अन्र्तगत चितवनको ईच्छाकामना गाउँपालिका ३ चुम्लिङटारमा ट्रकसँग यात्रुबस ठोक्किएर भएको दुर्घटनामा परि ८ जनाको मृत्यु भएको छ ।

२३ जना घाइते भएका छन् । काठमाडौंबाट पोखरा जाँदै गरेको ना ६ ख २५०६ नम्बरको बस मध्यान्ह करिब १२ बजेतिर ट्रकसँग ठोक्किदा त्रिशुली नदीमा खसेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक डिएसपी प्रभुप्रसाद ढकालले बताउनुभयो ।

मृत्यु हुनेमा एक बालक, दुई महिला र चारजना पुरूष रहेका छन् । मृत्यु हुने मध्ये तीन जनाको सनाखत भएको चितवन प्रहरीले जानकारी दिएको छ ।

तनहुँ भानु नगरपालिका(५ का वर्ष २७ का सुनिल श्रेष्ठ, तनहुँ केशवटारका वर्ष ४० का बाबुराम तिवारी र काठमाडौंका ३० वर्षका रविन गुरुङको सनाखत भएको हो ।

ट्रकसँग ठोक्किएर बस सडकदेखि लगभग ७० मिटर तल खसेको छ । घटनास्थलमा रहेका उद्धारकर्ताका अनुसार बस खोचमा अड्केका कारण नदीमा पुग्नबाट रोकिएको हो ।
यसैबिच नारायणगढ–मुग्लिन सडकखण्डको जलवीरेमा आज दिउँसो पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार इच्छाकामना गाउँपालिका वडा नं ६ जलवीरेमा दिउँसो ३ः४५ बजे पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

पानी परिरहेकाले पहिरो पन्छाउन नसकिएको प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले बताउनुभयो । पहिरो खसिरहेकाले पन्छाउन कति समय लाग्छ भन्न नसकिने उहाँले बताउनुभयो ।

सो सडक विस्तारको काम अन्तिम चरणमा पुगेकाले भित्तो काटेका ठाउँमा समय समयमा पहिरो जाने समस्या देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ