पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयकको प्रतिवेदन पेश हुँदै

पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयकको प्रतिवेदन पेश हुँदै

  • शुक्रबार, साउन ११, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

रुपन्देही, साउन ११ ।
प्रदेश सभा सदस्यको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयकको प्रतिवेदन आज प्रदेश नं ५ को प्रदेश सभा बैठकमा पेश हुँदै छ ।

अधिकांश पदाधिकारी असन्तुष्ट भएपछि प्रदेश ५ मा झण्डै ४ महिनाअघिदेखि अड्कीएका मुख्यमन्त्री, मन्त्री , सभामुख तथा उप सभामुख र प्रदेश सभा सदस्यहरुको पारिश्रमिक तथा सुविधा सम्बन्धी विधेयक सम्भवत आज किनारा लाग्नेभएको छ ।

आज दिउँसो १ बजे प्रदेश सभा सचिवालय बुटवलमा बस्ने बैठकमा संशोधनसहित यी २ वटै विधयेयकको प्रतिवेदन प्रस्तुत हुने सचिव प्रेम भट्टराईले बताउनुभयो । विधेयकमा मुख्यमन्त्रीका लागि ६० हजार ९ सय ७०, मन्त्रीका लागि ५२ हजार राज्यमन्त्रीका लागि र सहायक मन्त्रीका लागि ४७ हजार मासिक सुविधा तोकिएको छ ।

मुख्यमन्त्रीलाई आवश्यकता अनुसार गाडी र आवास सुविधा दिने तथा मन्त्रीहरुलाई एक–एक वटा गाडी र आवास सुविधा दिइने छ । सभामुखका लागि मासिक सुविधा ५३ हजार र उपसभामुखका लागि ५० हजार तोकिएको छ । दुबैलाई गाडी र आवासीय सुविधा समेत छ ।

विपक्षी दलका नेतालाई ५० हजार, संसदीय समितिका सभापतिका लागि ४९ हजार, दलका प्रमुख सचेतकलाई ४७ हजार र प्रदेश सभा सदस्यका लागि ४७ हजार तोकिएको छ ।

आजको बैठकमा प्रदेशसभा सचिवालयसम्बन्धी आन्तरिक मामिला समितिको प्रतिवेदन समेत पेश गर्ने कार्यसूची छ । यस्तै यसअघि चुनिएका ५ वटै संसदीय समितिका सभापतिहरुको सपथ समेत आजै गरिने सचिव भट्टराईले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ