काठमाडौं १० साउन ।
सरकार र अनशनरत डा. गोविन्द केसीका प्रतिनिधिबीचको वार्ता निश्कर्षमा पुगेको छ ।
आज दिनभर शिक्षा मन्त्रालयमा भएको वार्तामा दबै पक्ष सहमतीमा पुगेपनि औपचारीक पत्रमा भने हस्तारक्षर भएको छैन । सरकारी बार्ता तोलिका सदस्यहरु सम्झौतालाई अन्तिम रुप दिन बालुवाटर जादैछन्, भने केशीका प्रतिनीधि अनसन स्थलमा पुगेका छन् ।
सरकारसंग भएको सहमती डा गोविन्द केसीले स्विकार गरेरमा २७ दिनदे िखजारी अनसन टोडिने वार्ताटोलीका सदस्यहरुले बताएका छन् । वार्तामा भएको सहमतीका बुधाहरु भने सार्वजनिक गरिएको छैन ।
यसअघि हिजो राती पनि प्रधानमन्त्रीले केसी पक्षका प्रतिनीधहरुसँग वार्ता गर्नुभएको थियो । आज विहान अबेरसम्म भएको छलफलमा दुबै पक्षले पहिलो प्राथमिकता डा. केसीको स्वास्थ्यलाई बनाएका थिए । अन्तत सरकारी र डा केशी पक्ष बिचको वार्ताले ठोस निष्कर्ष निकालेको छ ।
यसअघि, आजै डा. केसीको जीवन रक्षाको माग गर्दै चिकित्सकहरुले निकालेको शान्तिपूर्ण जुलुशमाथि प्रहरीले हस्तक्षेप गरेको थियो । शिक्षण अस्पतालबाट शान्तिपूर्णरुपमा निस्किएको जुलुशमाथि प्रहरीले हस्तक्षेप गरेको हो
रयालिमा सहभागि ३० जना लाई प्रहरीले पक्राउ समेत गरेको छ ।
यसैबिच नेपाल चिकित्सक संघले २७ दिनदेखि अनशनरत डा.गोविन्द केसीको माग पूरा नगरे भोलिदेखि देशभरमा स्वास्थ्य सस्थाहरु ठप्प पार्ने चेतावनी दिएको छ ।
संघले भोलिदेखि आकस्मिक बाहेकको सबै सेवा ठप्प पार्न देशभरका सबै स्वास्थ्य सस्थालाई आह्वान गरेको छ ।
डा. केसीको स्वास्थ्य खस्किदै जाँदासमेत सरकारले वेवास्ता गरेको भन्दै संघले भोलिदेखि आकस्मिकबाहेकको कुनै सेवामा नबस्ने जनाएको हो ।
यस्तै अनसनरत डा. केसीको उपचारका लागि त्रिवि शिक्षण अस्पतालले चिकित्सक टोली गठन गरेको छ ।
सामान्य चिकित्सा विभाग प्रमुख प्रा. डा प्रदीपकृष्ण श्रेष्ठ र नेफ्रोलोजी विभाग प्रमुख प्रा.डा दिव्या सिंह शाहको संयुक्त संयोजकत्वमा नौ सदस्यीय स्वास्थ्य उपचार टोली गठन गरेको छ ।
शाह प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सक समेत हुनुहुन्छ । उहाले केसी र सरकार पक्षबीच सहमतिका लागि समन्वय पनि गरिरहनु भएको छ ।
स्वास्थ्य उपचार टोलीमा सहप्राध्यापक डा. सुवास आचार्य, प्रा. डा प्रमेशसुन्दर श्रेष्ठ, डा. सूर्य देवकोटा, डा. पंकज पन्त, डा. रविन नेपाली उप(प्रशासक टेकबहादुर कार्की, तथा नर्सिङ अधिकृत गंगा थापा सदस्य रहेका छन् ।
डा. केसीको स्वास्थ्य उपचारको व्यवस्था मिलाउन अस्पताल व्यवस्थापन तथा स्वास्थ्य उपचार टोलीका सदस्यहरुसँग समन्वय तथा सहकार्य गर्न अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक प्राध्यापक मन्दिरा वन्तले आज नै निर्देशन दिनुभएको छ ।