अर्जुन दाहाल- रित्तो गोजी

अर्जुन दाहाल- रित्तो गोजी

  • बुधबार, साउन ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.6K
    SHARES

हातको चुरोट ,

अनि छेउको चियाको कप हेर्दै ,

उ आफ्नो खल्ती छाम्छ ,

र महसुस गर्छ ,

उसको रित्तो गोजीलाई ।

 

यहाँ हजारौं रित्तिएका गोजीहरु ,

मौकामा चौका हान्न,

पार्टीका झन्डा बोकेर कुद्छन ,

हजारौं रित्ता गोजीहरु ,

एक गिलास रक्सीलाई ,

रित्तिएको मनसँग साटेर नारा लगाउँछन ,

केही रित्ता गोजी ,

साहु सामन्त र ठालुहरुका पछि लाग्छन ,

केही रित्ता गोजीहरु ,

आकाशको तारा गनेर आफ्नो भविष्यको अड्कल काट्छन ,

केही रित्ता गोजीहरु ,

भरिपुर्ण हुने सपना बोकेर परदेश भासिन्छन ,

केही रित्ता गोजीहरु ,

परदेशी फर्किने बाटो हेर्दै जीवन काट्छन ,

केही रित्ता गोजीहरु ,

ब्यस्त छन , सायद उनीहरुको गोजीमा प्वाल छ,

कहिल्यै नभरिने ।

 

त्यसैले उ निर्धक्कका साथ,

पुन आफ्नो रित्तो गोजी छाम्छ ,

चिया सुरुप्प पार्छ ,

रित्तिदौ गएको चुरोट तान्छ ,

जय होस उसको ,

किनकी उ पुन निर्धक्कका साथ,

आफ्नो रित्तो जीवन चलाइरहन्छ ,

चलाइरहन्छ ……।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी