वक्तृत्वकला, खुल्ला कविता वाचन र साहित्य समाजको नयाँ नेतृत्व चयन गरी नर्थक्याराेलाइनामा २०५ आैं भानुभक्त जयन्ती  सम्पन्न 

वक्तृत्वकला, खुल्ला कविता वाचन र साहित्य समाजको नयाँ नेतृत्व चयन गरी नर्थक्याराेलाइनामा २०५ आैं भानुभक्त जयन्ती  सम्पन्न 

  • बुधबार, साउन ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 18.6K
    SHARES

काठमाडौँ।

जुलाई २१ तारिखका दिन नर्थ क्याराेलाइना नेपाली साहित्य समाज तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नेपाल सेन्टर अफ नर्थ क्याराेलाइना र त्यसमा आवद्ध नेपाली पाठशालासँग  मिलेर  भानुभक्त सम्बन्धि  बाल वक्त्रित्वकला प्रतियोगिता, खुल्ला कविता वाचन, भानुभक्तको नेपाली योगदान सम्बन्धी प्रवचन  गरी २०५ आै भानु जयन्ती भब्यरुपले मनाएको छ ।

कार्यक्रमको पहिलो चरणमा उमेर समूह अनुसार  बालबालिकाहरु बीच ‘भानुभक्त र नेपाली भाषा’ विषयक वक्तृत्वकला प्रतियाेगिता भएकाे थियाे, जस अनुसार केजीदेखि २ कक्षासम्म, ३ देखि ५ कक्षा सम्म, ६ देखि ८ कक्षा सम्म र ९ देखि १२ कक्षा सम्मका २२ जना प्रतिस्पर्धीहरु थिए। पहिलो समूहमा क्रमश: शाइन लामिछाने, विभुषा गौतम र प्रिन्स गौतम प्रथम, द्वितीय र तृतीय भएका थिए। यसैगरी दाेस्राे समूह अन्तर्गत क्रमशः निर्विरोध तिमिल्सिना, सेजल घिमिरे र बिभु पोखरेल पहिला,दाेस्रा र तेस्रा भएका थिए। तेस्रो समूह अन्तर्गत समी घिमिरे, मोनिका चौलागाईं र सुहानी ढुङ्गेल क्रमश: प्रथम, द्वितीय र तृतीय भएका थिए। त्यसै गरि चौथो समूह अन्तर्गत आयुष्मा शर्मा र सम्पदा आचार्य प्रथम र द्वितीय भएका थिए। विजयी हुने बालबालिकाहरुलाई कार्यक्रम सभापति मनोज प्रधान, एनसीएनसीका अध्यक्ष डा. बटु शर्मा, प्रमुख अतिथि डा. नारायण राजभण्डारी र भानुभक्त भेषधारी विक्रम गौतमले संयुक्त रुपमा पुरस्कार, पदक र प्रमाणपत्र प्रदान गर्नुभएकाे थियाे।

कार्यक्रमकाे दाेस्राे चरणमा भानुभक्तको भेषमा आउनुभएका विक्रम गाैतमले भानुभक्तले विभिन्न समयमा विभिन्न कविताहरु लेखेका थिए भन्दै केही कविताहरु सुनाउनु भयाे। वहाँले भानुका बारेमा थप प्रष्ट पार्दै रामायण लगायत बिभिन्न समयका पुस्तकहरुका बारेमा सारांशमा चर्चा गर्नुभएकाे थियाे र अन्त्यमा भानुभक्तले आफ्नो छाेरालाई पढ्न अर्ती दिंदै लेखेको भानुकै हस्ताक्षरको पत्र पढेर सुनाउनु भएकाे थियाे। यसै क्रममा शिखर दुलालले भानुभक्तको कान्तिपुरी नगरी कविता पाठ गर्नुभएकाे थियाे । साथै वहाले हालकाे कान्तिपुरकाे अवस्था त्याे वेला जस्ताे नभएकाे भन्दै भानुभक्तीय कान्तिपुरी नगरी कविताकाे जवाफ राेचक ढंगले प्रस्तुत गर्नु भएकाे थियाे। कार्यक्रममा गीता बस्नेत, उमा शर्मा, निर्मला राजभण्डारी, सुजाता ढुङ्गेल, नम्रता आचार्य र मनोज प्रधानले आ- आफ्ना कविता पाठ गर्नु भएकाे थियाे।

कार्यक्रमकाे तेस्राे चरणमा नर्थ क्याराेलाइना नेपाली साहित्य समाजका अध्यक्ष मनाेज प्रधानले संस्थाको संक्षिप्त इतिहास प्रस्तुत गर्दै  संस्थाले गरेका कार्यहरु सुनाउनु भएकाे थियाे। प्रधानका अनुसार  २०१२ देखि अनवरत रुपले घरदैलाे मासिक कार्यक्रम भइसकेकाे र करिब  ६० जना सर्जकका वारेमा छलफल र २४ भन्दा बढी कृतिका बारेमा बुक क्लब तथा वेबसाइटमा तिनकाे लेखा राख्ने काम भइसकेकाे छ । साथै उहाँले शारदा साहित्यिक पत्रिकाको  नर्थ क्यारोलाइना विशेष अंक, कविता तथा वालकथा संग्रह प्रकाशन जस्ता कार्यक्रमहरु गरिएकाे चर्चा गर्नुभएकाे थियाे।

उक्त कार्यक्रममा नर्थ क्याराेलाइना नेपाली साहित्य समाजको आगामी दुइ बर्षको  लागि नयाँ नेतृत्वको पनि घोषणा गरिएको थियो। जस अनुसार अध्यक्ष शिखर दुलाल, बरिष्ठ उपाध्यक्ष नम्रता आचार्य, उपाध्यक्ष शिशिर खनाल,महासचिव निर्मला राजभण्डारी र काेषाधक्ष सुजाता ढुङ्गेल निर्विरोध चुनिनुभएको छ ।  यसै गरी सदस्यहरूमा  डा अच्युत शर्मा, डा. ऋषि वस्ताकाेटी, विक्रम गाैतम, सुवास  ढकाल, गिता वस्नेत र डा दिपेन्द्र अर्याल रहनुभएको छ ।निर्वाचन प्रक्रिया अनुसार निर्विराेध निर्वाचित हुनुभएका वर्तमान महासचिव शिखर दुलाललाई अध्यक्ष मनाेज प्रधानले अध्यक्षता पद हस्तान्तरण गर्दै वधाई तथा शुभकामना दिनुभएकाे थियो। अध्यक्ष पद ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष शिखर दुलालले सबैकाे सहयाेगकाे अपेक्षा गर्दै अबकाे खेल हामी सबै मिलेर खेलेमा मात्र शिल्ड हात पर्ने भन्दै आफु त केवल फुटबल मात्रै भएकाे र त्यसलाई खेलाएर पाेष्टमा गाेल गर्ने जिम्मा खेलाडीकै हाे भन्नुभयो। खेलको उदाहरण दिंदै तपाईहरुनै खेलाडी र रेफ्री हाे, मेराे काम तपाईहरुले जता गुडाउनु हुन्छ त्यतै गुड्ने हाे भन्दै आफ्नो नयाँ कार्यसमितीकाे परिचय गराउनु भएकाे थियाे। नर्थक्याराेलाईना नेपाली साहित्य समाजले अन्तर्राष्ट्रिय नेपाली समाज नर्थक्याराेलाईनाकाे पनि प्रतिनिधिकाे रुपमा काम गर्दै आइरहेकाे छ ।

नर्थक्याराेलाइना नेपाली साहित्य समाजका अध्यक्ष मनाेज प्रधानकाे सभापतित्वमा भएकाे कार्यक्रममा  समाजकी सदस्य सुजाता ढुङ्गेलले स्वागत गर्नु भएकाे थियाे ।कार्यक्रमकाे सन्चालन  कवयित्री नम्रता आचार्यले गर्नुभएको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी