गीत- तिम्रो लागि दुखको कुरा छ !

गीत- तिम्रो लागि दुखको कुरा छ !

  • बुधबार, साउन ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.5K
    SHARES

तिम्रोलागि एउटा ठूलो दु:खको कुरा छ !
तिमीले मर्यो भनेको मान्छे बोलिरहेको छ !
तिम्रो लागि एउटा ठूलो …!

तिमीले दुबो उम्रोस भनेर छोडेको आँगनमा
उम्रेन दुबो सोच त कति दुखको कुरा छ ?
तिमीले मरे भनेर छोपी हिडेको चिहानमा
कोही मरेन योभन्दा ठूलो अनर्थ के हुन्छ ?

तिम्रो लागि ज्यादै गहिरो दुखको कुरा छ !
तिमीले फाल्या झण्डा त अझै फर्फर गर्दै छ !
तिम्रो लागि एउटा ठूलो …..!

टाट्नाका खसी सरह तिम्ले सोचेकाहरूले ,
फरक मोर्चा समाल्नु कम्ता विरह चल्ने छ ?
तिमीले वर्षौं कुल्चेको तिम्रो जुत्ताको धूलोले
आँखैमा पसी बिझाउँनु कम्ता रिंगटा छुट्ने छ ?

तिम्रो लागि अनिष्टजस्तै दुखको खवर छ !
तिमीले पानी छेपेको आगो हुरुरु बल्दै छ !!

आफूलाई निकै चलाख भन्छ मानिस रैपनि
चोरले चिनो छोड्दिन भन्छ छोडिन्छ तैपनि
तिमीले मासें भनेको दसी प्रमाण झिकेर
कसैले अभियोजन पत्रको तयारी गर्दै छ !

तिम्रो लागि मृत्युको पत्रजस्तै समाचार छ !
फाँसीमा चढ्ने नाम त्यो तिम्रो पैलो सूचीमा छ !

२०७५|०४|०९
ढल्को

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी