रक्षामन्त्री पोखरेलद्धारा राष्ट्रकवि घिमिरेको स्वास्थ्यबारे जानकारी

रक्षामन्त्री पोखरेलद्धारा राष्ट्रकवि घिमिरेको स्वास्थ्यबारे जानकारी

  • बुधबार, साउन ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

काठमाडौँ, ९ साउन । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई भेटेर उहाँको स्वास्थ्यस्थितिबारे जानकारी लिनुभएको छ ।

आज अपराह्न उहाँको लैनचौरस्थित निवासमा भेटेर उपप्रधानमन्त्री पोखरेलले स्वास्थ्योपचारको चिन्ता नलिन तथा त्यसमा सरकारको साथ र सहयोग रहनेमा राष्ट्रकविलाई आश्वस्त पार्दै आफ्ना दुई संस्मरणात्मक कृति ‘माघ १९’ र ‘पूर्वको रातो तारा’ उपहार दिनुभयो । उहाँले राष्ट्रकविको सुस्वास्थ्य एवं दीर्घायुको कामना पनि गर्नुभयो ।
“ विवेकशील नेता नेतृत्वमा भएपछि चिन्ता छैन,” नेपाली सेनाका मानार्थ सहायकरथी राष्ट्रकविले आफ्नो स्वास्थ्योपचारको व्यवस्था मिलाएकामा आभार प्रकट गर्दै भन्नुभयो । आन्द्रासम्बन्धी रोगबाट पीडित राष्ट्रकवि नेपाल सरकारको खर्चमा नयाँदिल्लीमा उपचार गराएपछि आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहनुभएको छ ।

आजै उपप्रधानमन्त्री पोखरेलले वामपन्थी नेता पद्मरत्न तुलाधरलाई उहाँको लाजिम्पाटस्थित निवासमा भेट्नुभयो । खुट्टामा उत्पन्न समस्याका कारण हाल उहाँ हिँडडुल गर्न असमर्थ हुनुहुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी