प्रेस काउन्सिलको सदस्यमा पत्रकार गोपाल बुढाथोकी नियुक्त

प्रेस काउन्सिलको सदस्यमा पत्रकार गोपाल बुढाथोकी नियुक्त

  • बुधबार, साउन ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

काठमाडौं, साउन ९ ।

करीब चार दशकदेखि पत्रकारितामा सक्रिय वरिष्ठ पत्रकार गोपाल बुढाथोकी प्रेस काउन्सिल नेपालको सदस्यमा नियुक्त भएका छन् ।

सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले मन्त्रीस्तरीय निर्णय गर्दै बुढाथोकीलाई सम्पादक प्रकाशकको तर्फबाट ४ वर्षका लागि सदस्य नियुक्त गरेका हुन् ।

सांघु साप्ताहिकका प्रकाशक/सम्पादक बुढाथोकीले पत्रकार आचारसंहिता, पत्रकारिताका सिद्धान्त र पत्रकारका पेशागत अधिकारका सवालमा विभिन्न कालखण्डमा विशेष भूमिका खेलेका छन् ।

पत्रकार महासंघका पूर्वउपाध्यक्ष र सल्लाहकार समेत रहेका बुढाथोकी सशस्त्र द्वन्द्वका बेला नेपाली सेनाको निसानामा परेका थिए ।

अनेकन उतारचढाव र जेलनेल समेत खेपेका बुढाथोकी निरन्तर पत्रकारितामा सक्रिय रहने कम पत्रकारमा पर्छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ