काठमाडौं, साउन ९ ।
वर्षासँगै खसेको पहिराले अवरुद्ध सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ ।
पाल्पाको तिनाउ गाउँपालिका–३, हेडबक्स नजिकै पहिरो खसेपछि गएराति ११ बजेदेखि सडक अवरुद्ध भएकोमा डोजरले पहिरो पन्छाए पछि आज बिहान साढे ६ बजेदेखि एकतर्फी सुचारु भएको हो ।
पूरै पहिरो पन्छाएर सडक दुईतर्फी रुपमै सञ्चालनमा ल्याउन भने समय लाग्ने पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, बुटवलले जनाएको छ ।
रातभर रोकिएका सवारी साधनहरु अहिले गन्तव्यतर्फ अघि बढेका छन् । माथिल्लो सिद्धबाबा मन्दिरनजिकै हेडबक्स भन्ने स्थानमा पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline