एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक, भारत र पाकिस्तान समूह ए मा

एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक, भारत र पाकिस्तान समूह ए मा

  • बुधबार, साउन ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

काठमाडौं, ९ साउन ।
युएईमा हुने एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।

आगामि सेप्टेम्वर १५ देखि २८ सम्म हुने प्रतियोगितामा एसियाका टेष्ट खेल्ने पाँच राष्ट्र र छनोट भएर जाने एक गरी कुल ६ राष्ट्र सहभागी हुनेछन् ।

नेपाल, हङकङ, युएई, सिंगापुर, ओमान र मलेसियाबीच आगामि अगष्ट २९ देखि सेप्टेम्बर ६ सम्म भारतमा छनौट प्रतियोगिता आयोजना हुनेछ ।

यसको विजेताले भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानसँगै एसिया कप खेल्नेछ ।

सार्वजनिक भएको खेल तालिका अनुसार भारत र पाकिस्तान समूह ए मा परेका छन् ।

छनौट प्रतियोगिता जितेर जाने एक टोली यो समुहमा थपिनेछ । यस्तै बंगलादेश, श्रीलंका र अफगानिस्तान समूह बी मा परेका छन् ।

दुवै समूहको शीर्ष दुई टिम सुपर ४ मा प्रवेश गर्नेछन् । प्रतियोगिताका खेलहरु दुबई र अबुधावीमा हुनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ