फिफा वर्ष खेलाडीका लागि विश्वका उत्कृष्ट १० खेलाडीको नाम सार्वजनिक

फिफा वर्ष खेलाडीका लागि विश्वका उत्कृष्ट १० खेलाडीको नाम सार्वजनिक

  • बुधबार, साउन ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.2K
    SHARES

काठमाडौं, ९ साउन । यसबर्षको फिफा वर्ष खेलाडीका लागि विश्वका उत्कृष्ट १० खेलाडीको नाम सार्वजनिक गरिएको छ ।

फिफाले सार्वजनिक गरेको मनोनयनको सूचीमा विश्व विजेता फ्रान्सबाट तीन खेलाडी परेका छन् ।

नयाँ पेलेको उपनाम पाएका फ्रान्सका किलियम एम्बाप्पेसँगै एन्टोनियो ग्रेजम्यान र राफेल भाराने उत्कृष्ट १० को सूचीमा परेका हुन् ।

मनोनयनमा परेका अरु खेलाडीमा अर्जे्न्टिनाका स्टार खेलाडी लियोनल मेस्सी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो पनि छन् ।

मेस्सी र रोनाल्डोले ५र५ पटक बलुन डे ओर जितिसकेका छन् । यसैगरी इंग्लण्डका ह्यारी केन र इजिप्टका मोहमद सलाह पनि फिफा बर्ष उत्कृष्ट खेलाडीको मनोनयमा परेका छन् ।

यसैगरी चेल्सी तथा बेल्जियमका एडिन हाजार्ड, म्यान्चेस्टर सिटी तथा बेल्जीयमका केभिन डे ब्रायन र रियाल मड्रिड तथा क्रोएसियाका लुका मोड्रिच पनि मनोनयनमा परेका छन् ।

फिफाले यही सेप्टेम्बर २४ तारिखमा लण्डनमा एक भव्य समारोह आयोजना गरी वर्ष खेलाडी घोषणा गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ