पहिलो अभ्यास खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीकाे सहज जित

पहिलो अभ्यास खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीकाे सहज जित

  • आइतवार, साउन ६, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

६ साउन,काठमाडौं । इङ्गल्याण्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा सहज जित निकालेको छ ।

कप्तान पारस खड्काले शतकीय इनिङ्स र ललितनारायण राजवंशीले उत्कृष्ट बलिङ गरेपछि नेपालले इंग्लण्डको हैम्पसायर होग्स क्रिकेट क्लबमाथि २ सय ४३ रनको फराकिलो जित निकालेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर ३ सय ६२ रनको योगफल तयार गरेको थियो । खड्काले १ सय ६ बलको सामना गर्दै १ सय ६१ रन बनाएको ईनिङमा रोहित पौडेलले ४४ रन जोडेका थिए ।

बलिङतर्फ होग्सका मिलेस कभर र जोन पोर्टोलले समान ३-३ विकेट लिए । जवाफमा ३ सय ६३ रनको लक्ष्य पछ्याएको हैम्पसायर होग्स क्रिकेट क्लब ३७ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय १९ रनमै समेटियो ।

होग्सलाई सस्तैमा समेट्न नेपालका ललितनारायण राजवंशीले ५ विकेट लिए । चार अभ्यास खेल खेल्ने तयारीमा रहेको नेपालले अब जुलाई २३ मा सेन्ट क्रससँग ट्वेन्टी ट्वेन्टी, २५ जुलाईमा इष्ट लण्डनसँग ५० ओभरको खेल र जुलाई २६ मा इष्ट लण्डन सार्कसँग ट्वेन्टी ट्वेन्टी खेल खेल्ने छ ।

नेपालले जुलाई २९ मा क्रिकेटको मक्का मानिने लर्डस मैदानमा नेदरल्याण्ड्स र मेरिलेबन क्रिकेट क्लब (एम.सी.सी.) सँग त्रिकोणात्मक ट्वेन्टी ट्वेन्टी श्रृंखला खेल्ने छ । त्यसपछि नेदरल्याण्ड्ससँग दुई वटा एक दिवसिय खेल खेल्न नेपाली टोली नेदरल्याण्ड्स प्रस्थान गर्ने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ