काठमाडौँ ५ श्रावण ।
दक्षिण एसियाली खेलकुद (साग) को १३ औँ संस्करणमा क्रिकेट पनि समावेश हुने भएको छ ।
आज काठमाडौंमा बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले सर्वसम्मत रुपमा क्रिकेट समावेश गर्ने निर्णय गरेको हो । बैठकले पुरुष र महिला क्रिकेट पनि सागको सूचीमा समावेश भएको छ ।
बैठकमा भाग लिइरहेका माल्दिभ्स ओलम्पिक कमिटीका महासचिव अहमद मार्कुजले सामाजिक सञ्जालमार्फत यो निर्णयबारे जानकरी दिएका हुन् । कमिटीको आधिकारीक निर्णय भने भोली पत्रकार सम्मेलन गरेर जानकारी गराईने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline